अब बन्ने सरकारलाई जसपा नेपालको समर्थन– लिम्बु

  • ब्रह्मदेव यादव, विराटनगर १४५९  पटक हेरिएको

बिहिबार, आषाढ १४, २०८० समय : १८:५६:३६ , १ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपाल कोशी प्रदेश संसदिय दलका नेता तथा कोशी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बुले अब बन्ने नयाँ सरकारलाई समर्थन गर्ने धारणा व्यक्त गरेकी छिन् । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्की नेतृत्वको सरकारबाट जेठ १८ गते लिम्बुले राजिनामा दिएका थिए ।

जसपा नेपाल कोशी प्रदेश समितिका अध्यक्ष दिपक याक्खाले विहिबार विज्ञप्ती जारी गरेर मुख्यमन्त्री कार्की नेतृत्वको सरकार तथा अब बन्ने नयाँ सरकारलाई समर्थन नगर्ने धारणा अघी सारेका थिए । पूर्व मन्त्री तथा सांसद लिम्बुले बिहीबार सञ्चारकर्मी सँग कुरा गर्दै अब बन्ने नयाँ सरकारलाई समर्थन गरेर सरकारमा सहभागी हुने उदघोष गरिन । बिहीबार संसदमा उपस्थित लिम्बुले सरकारलाई विश्वासको मत दिने कि नदिने विषयमा केहीपनि बोलेन ।

कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतमले लिम्बुलाई जसपा नेपाल संसदिय दलको तर्फबाट बोल्ने समय उपलब्ध गराउँदा पनि लिम्बुले बोल्न मानेनन् । तर ३० मिनेटको लागि स्थगन भएको संसदबाट बाहिरिएका लिम्बुले अब बन्ने नयाँ सरकारलाई समर्थन दिएर सरकारमा सहभागी हुने उदघोष गरे ।

लिम्बुले भनिन– कुनै न कुनै दललाई समर्थन गर्नै पर्छ तर नामाकरणको विषयमा विचार मिल्ने दललाई समर्थन गरेर सरकारमा सहभागि हुने हो । बिहीबार मुख्यमन्त्री कार्की नेतृत्वको सरकार अल्पमतमा परेका छन् । र जुन सुकै बेला मुख्यमन्त्री कार्कीले राजिनामा दिनेछ ।

मुख्यमन्त्री कार्कीको आफ्नै दल नेकपा एमालेका ४० र राप्रपाका ६ गरी ४६ सांसद छन् । बहुमतकालागि मुख्यमन्त्री कार्कीलाई ४७ सांसदको आवश्यकता पर्छ । एता नेपाली कांग्रेसका २९, नेकपा माओवादी केन्द्रका १३, नेकपा एकिकृत समाजवादीका ४ गरी ४६ सांसद छन् । त्यसमा जसपा नेपालले समर्थन गरेपछि अब बन्ने सरकार सँग सांसदको संख्या ४७ पुग्छ । जुन स्पष्ट बहुमत हो ।