- ब्रह्मदेव यादव, विराटनगर ७७२ पटक हेरिएको
बुधबार, आषाढ १३, २०८० समय : १६:०२:४६ , १ वर्ष अगाडि
चार्तुमासलाई भव्य रुपमा सम्पन्न गर्न जैन धर्म गुरु डा. ज्ञानेन्द्र मुनि बुधबार विराटनगरको जैन श्वेताम्बर तेरापंथी सभा भवनमा प्रवेश गरेका छन् । विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला र जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगडले जैन धर्मगुरु ज्ञानेन्द्र मुनिलाई जैन भवनमा भव्य स्वागत गरेका छन् ।
जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरले आइतबारदेखि चार्तुमासको आयोजना गर्न लागेको छ । यस वर्ष श्रावण महिना थपिएकोले चार्तुमास पाँच महिनासम्म सञ्चालन हुने छ । जैन समूदायको धर्मगुरु डा. ज्ञानेन्द्र मुनि सहित ३ जना धर्मगुरुले विराटनगरको जैन समूदायलाई चार्तुमासको अवधिभर आत्धात्मिक प्रवचन वाचन गर्ने कार्यक्रम रहेको छ ।
करिब आठ वर्षअघि विराटनरमा सम्मन भएको चार्तुमासमा जैन धर्मगुरु महाश्रमणले प्रवचन वाचन गरेका थिए । तिनै महाश्रमणका शिस्य डा. ज्ञानेन्द्र मुनिले यस वर्ष विराटनगरको चार्तुमासमा प्रवचत वाचन गर्ने कार्यक्रम तय गरिएको छ ।
४६ वर्षअघि जैन धर्म पालना गर्ने उद्देश्यका साथ दिक्षित भएका डा. ज्ञानेन्द्र मुनि उच्च शिक्षा हासिल गरेका छन् । एमए उत्तिर्ण गरेका डा. ज्ञानेन्द्र मुनि जेनोलोजीमा पिएचडी र एस्ट्रोलोजीमा ज्योर्तिष विद्या हासिल गरेका छन् । अध्ययनको क्षेत्रमा जैन दर्शन, जैन तत्वज्ञान, तेरापंथका जैन ईतिहासको विशेषज्ञ, साधनाको क्षेत्रमा जैन मन्त्र, स्त्रौगको साधना हासिल गरेका छन् ।
२० वर्षदेखि डा. ज्ञानेन्द्र मुनि ओछ्यानमा निदाएका छैनन् । राती पनि बसेर साधना गर्ने बानी परिसकेका डा. ज्ञानेन्द्र मुनि साधनामै बसेर निन्द्रा पुरा गर्ने गरेका छन् । तिनै जैन धर्मगुरु डा. ज्ञानेन्द्र मुनिले विराटनगरका जैन समुदायलाई स्वाभिमान बनाउन आध्यात्मिक प्रवचन वाचन गर्ने कार्यक्रम छ ।
बुधबार जैन स्वेताम्बर तेरापंथी सभा विराटनगरले डा. ज्ञानेन्द्र मुनिको स्वागतमा आयोजना गरिएको कार्यक्रमा नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीका विशेष आर्थिक सल्लाहकार, उद्योगी मोती दुगढ, जैन श्वेताम्बर तेरापंथी सभा विराटनगरका अध्यक्ष सतिश दुगढ, सहासचिव सुरेन्द्र नौलखा, तेरापंथ यूवक परिषद विराटनगरका अध्यक्ष मोहित लालवानी, डा. नुतन नौलखा, मिलन नौलखा, निशा लालवानीले स्वागत मन्तव्य व्यक्त गरेका थिए । चार्तुमासलाई भव्य रुपमा सम्पन्न गर्न २५ देखि ३० लाख रुपैयाँ खर्च हुने सभाका अध्यक्ष सतिश दुगढले बताए ।