- ... ७९३ पटक हेरिएको
मंगलबार, पुष २६, २०७९ समय : १५:५०:४५ , २ वर्ष अगाडि
- ब्रह्ममदेव , विराटनगर
प्रदेश नं. १ का मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कसैले चाहेर पनि संघियता खारेज हुन नसक्ने गरी संघियताको पक्षमा जोडदार लबिङ गरेको छ ।
मंगलबार १ नं. प्रदेश सभामा राप्रपाका सांसद अमरबहादुर बिष्टले आफ्नो पार्टी संघियता विरोधी नभएपनि राज्यले संघियताको खर्च धान्न नसक्नेगरी दिएको अभिव्यक्तिको प्रतिरक्षा गर्दौ मुख्यमन्त्री कार्कीले नेपालको संविधान २०७२ ले व्यवस्था गरेको ३ तहको सरकार मध्ये प्रदेश सरकार सबैभन्दा सफल संरचना रहेको अभिव्यक्ति व्यक्त गर्दै संघियताको पक्षमा उभिएको छ ।
देशको कुल १७ खर्ब रूपैयाँ वार्षिक बजेट मध्ये मात्रै डेढ खरब रूपैयाँ प्रदेशको वार्षिक बजेट रहेकोले संघियता खर्चालु नभएको मुख्यमन्त्री कार्कीले बताए । अघिल्लो १ नं. प्रदेश सभाले ५ बर्षको अवधिमा १ अर्ब मात्र रूपैयाँ खर्च भएकोले संघियता खर्चालु नभएको मुख्यमन्त्री कार्कीको भनाई छ ।
नेकपा माओवादी १ नं. प्रदेश संसदिय दलका नेता इन्द्रबहादुर आङबोले मंगलबार प्रदेश सभामा बोल्दै संघियता होइन जिल्लाको संरचना खारेज हुनु पर्ने तर्क गरे । देशको ७७ वटा जिल्ला संरचना संचालनको नाममा जति रकम खर्च भईरहेको छ त्यति रकमले समर्ग प्रदेशलाई समृद्धि तर्फ अगाडी बढाउन मद्दत पुग्ने भएकोले जिल्लाको संरचना खारेज हुनु पर्ने आङबोको तर्क छ ।
अघिल्लो प्रदेश सरकारमा ४ बर्षसम्म अर्थमन्त्री चलाएको आङबोले १ नं. प्रदेशलाई समृद्धि तर्फ अगाडी बढाउने हो भने जिल्ला संरचनाको कुनै अर्थ नरहेको जिकिर गरे । पछिल्लो समय संघिय सरकारले जिल्लामा प्रमुख जिल्ला अधिकारी मार्फत जिल्लाको प्रशासनिक निकायलाई नियन्त्रणमा लिएर काम गरी रहेकोले प्रदेश सरकार यस तर्फ असन्तुष्ट छ ।
प्रदेश सरकारले विभिन्न जात जातिको राष्ट्रिय पर्वमा सार्वजनिक बिदा दिएपनि संघिय सरकारले संघिय सरकारको मातहत रहेको सरकारी कार्यालयमा राष्ट्रिय बिदा नदिदा संघिय र प्रदेश सरकार बिच टकरावको अवस्था छ । यस्तो अवस्थामा संघिय सरकारले कायम राखेको देशको ७७ वटै जिल्लाको जिल्ला संरचना खारेजिको माँग प्रदेश सरकारबाट उठेको छ ।