मोरङका १ लाख नागरिकता विहिनलाई २ वर्षभित्र नागरिकता उपलब्ध गराउने

  • ब्रह्मदेव यादव, विराटनगर ५९२  पटक हेरिएको

सोमबार, आषाढ ११, २०८० समय : १८:०२:०५ , १ वर्ष अगाडि

जिल्ला प्रशासन कार्यालय मोरङले जिल्ला भरीका १ लाख नागरिकता विहिनलाई २ वर्षभित्र नागरिकता बाडिसक्नु पर्ने तयारी गरेको छ । मोरङमा १ लाख भन्दा बढि नागरिककता विहिन नागरिक हरेको छ । मोरङ प्रशासनले जिल्लाको ३ स्थानबाट प्रत्येक दिन बढिमा १ सयजना सम्मलाई नागरिकता वितरण गर्ने तयारी गरेको छ ।
जिल्ला भरीका सबै नागरिक नागरिकता विहिनको हातहातमा नागरिकता पुग्न २ वर्षभन्दा बढि समय लाग्ने छ । यद्यपी जिल्ला प्रशासन कार्यालय मोरङले २०८० असार ११ गते सोमबारदेखि जन्म सिद्धको आधारमा नागरिकता वितरण कार्य सुरु गरेको छ ।

नेपालको संविधान २०७२ जारी भएपछि २०७२ असोज ३ गते यता जन्मसिद्धको आधारमा नागरिकता वितरण गरिएको छैन । त्यस्तो नागरिकता लिने जमातको संख्या बाक्लो छ । नेपालको अन्तरिम संविधान २०६३ ले व्यवस्था गरे अनुसार नेपालमा जन्मेका व्यक्तिलाई नागरिकता वितरण गरिएको थियो । तर २०७२ को संविधानले जन्मसिद्धको आधारमा नागरिकता लिएका व्यक्तिको सन्तानलाई नागरिकता वितरणमा प्रतिबन्द्ध लगाईको थियो ।

जन्मसिद्धको आधारमा बाबु आमाको नागरिकता भएका उनका छोराछोरीले सोमबारदेखि जन्मसिद्धकै आधारमा नागरिकता पाउँन थालेका छन् । तर बुवा वा आमा मध्ये १ जनाको नागरिकता मात्रै भएका सन्तानले नागरिकता पाउँने छैन । त्यस्तो नागरिकता नभएका जमातको संख्या बाक्लो छ । अझै लामो समयसम्म यस्ता छोराछोरीले नागरिकता पाउँनबाट बञ्चित रहने छ ।

त्यस्ता छोराछोरीको जिल्ला प्रशासन कार्यालय मोरङमा रुवाबासी चल्न थालेको छ । जिल्ला प्रशासन कार्यालय मोरङले ४०, इलाका प्रशासन कार्यालय उर्लाबारीबाट ३० र ईलाका प्रशासन कार्यालय रंगेलीबाट २० गरी प्रत्येक दिन ९० जना सम्मलाई जन्मसिद्धको आधारमा नागरिकता वितरण गर्ने तयारी भएको मोरङका सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेलले बताए ।

मोरङमा १ लाख भन्दा बढि नागरिक नागरिकता विहिन छन् । मोरङ प्रशासनले प्रत्येक दिन १ सयका दरले महिनामा ३ हजार र वर्षमा ३० हजारसम्मलाई नागरिकता वितरण गर्ने छ । १ लाख नागरिकता विहिनलाई हातहातमा नागरिकता पु¥याउन २ वर्षभन्दा बढि समय लाग्ने छ ।

काठमाडौं स्थित सर्वोच्च अदालतको परिसरमा नागरिकता विहिन हुनुको पिडा पोखेका मोरङको कटहरी गाउँपालिका ४ नयाँ बजारका २६ बर्षिय निरज कामतले सोमबार जिल्ला प्रशासन कार्यालय मोरङबाट जन्मसिद्धको आधारमा नागरिकता लिएका छन् । मोरङका प्रमुख जिल्ला अधिकारी विरेन्द्र कुमार यादवले कामतलाई नेपाली नागरिकता प्रदान गरेका छन् । कामतले सर्वोच्च अदालत अगाडी देहत्याग्ने असफल प्रयास गरेका थिए ।