- चिरफार डटकम, विराटनगर ५१५ पटक हेरिएको
शनिबार, आषाढ ०९, २०८० समय : २२:२०:१८ , १ वर्ष अगाडि
तेरापंथ प्रोफेसनल फोरम विराटनगरले शनिबार १०२ जनाको निःशुल्क स्वास्थ्य परिक्षण गराएको छ । फोरमको स्थापना दिवसको अवसरमा निःशुल्क स्वास्थ्य परिक्षण शिविरको आयोजना गरिएको थियो ।
विराटनगर स्थित जैन भवनमा आयोजित निःशुल्क स्वास्थ्य शिविरमा विभिन्न रोगका १०२ जना विरामीले स्वास्थ्य परिक्षण गराएको फोरमका अध्यक्ष एवं चिकित्सक डा. नुतन नौलखाले बताए ।
डा. प्रशान्त साह, डा. राकेश मण्डल, डा. नुतन नौलखा र डा. सध्या रेग्मीले शिविरमा बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए । फोरमका पूर्व अध्यक्ष सन्तोष जैन, ज्योति कोठारी, मधुर दुगढ, सचिव दिपेन्द्र बोथरा, कोषाध्यक्ष अमन मालो र सदस्य मोहित लालवानीको उपस्थिति रहेको थियो ।