तराई मधेश भन्दा पहाड र हिमाल चिकित्सको पहिलो रोजाई

  • चिरफार डटकम, विराटनगर ५०८  पटक हेरिएको

शुक्रबार, आषाढ ०८, २०८० समय : १४:२८:२८ , १ वर्ष अगाडि

तराई मधेश भन्दा पहाड र हिमाल चिकित्सको पहिलो रोजाई बन्न थालेको छ । कोशी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री तथा जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य जयराम यादवले यसको पुष्टि गरेका छन् ।

कोशी प्रदेशमा रहेको तराई मधेशको सुनसरी, मोरङ र झापा ३ जिल्ला बाहेक पहाडी र हिमाली जिल्ला चिकित्सकको पहिलो रोजाई हुने गरेको छ । चिकित्सकले नियुक्ति पत्र लिनेदेखि दरवन्दी मिलान गर्दा झापा, मोरङ र सुनसरी बाहेक पहाडी र हिमाली जिल्लामा पदस्थापन गरिदिन सुझाव दिने गरेको छ ।

शारदा सुदर्शन देवकोटा फाउण्डेसनले शुक्रबार विराटनगरमा आयोजना गरेको तेस्रो संस्करणको सुदर्शन देवकोटा स्मृति स्वास्थ्य पत्रकारीता पुरस्कार वितरण कार्यक्रममा कोशी प्रदेश सरकारका पूर्व स्वास्थ्य मन्त्री यादवले आफु मन्त्री भएको बेला तराई मधेसको ३ जिल्लामा काम गर्ने चिकित्सकको तलव सुविधा ६० हजार, पहाडी जिल्लामा काम गर्ने चिकित्सकको तलव सुविधा १ लाख २० हजार र हिमाली जिल्लामा काम गर्ने चिकित्सकको तलव सुविधा १ लाख ५० हजार भन्दा बढि रुपैयाँ कायम गरिएकोले चिकित्सकको पहिलो रोजाई हिमाल र पहाड हुने गरेको बताए ।