- ... १९५१ पटक हेरिएको
सोमबार, पुष २५, २०७९ समय : १९:२६:३० , २ वर्ष अगाडि
- चिरफार डटकम, विराटनगर
विराटनगरमा सबैभन्दा ठुलो धनराशी खर्चेर दिवा–रात्रीकालीन विराट गोल्डकप फुटबल स्पर्धा आयोजनको तयारी थालिएको छ ।
१ करोड ६० लाख रूपैयाँभन्दा बढी रकम खर्चेर आयोजना थालिएको विराट गोल्डक फुटबल स्पर्धा भव्यरुपमा सम्पन्न गर्न पूर्वसंयोजक नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य तथा उद्योगी राजेन्द्र राउत, मनोजविक्रम शाह र अहिलेका संयोजक तथा विराटनगर महानगरपालिकाका मेयर नागेश कोइराला जोडतोडका साथ लागि परेका छन् ।
विराट गोल्डकप फुटबल ट्रष्टले सोमबार विराटनगरमा आयोजना गरेको पत्रकार सम्मेलनमा २०७९ चैत्र ६ गतेदेखि विराट गोल्डकप फुटबल स्पर्धा गर्ने जानकारी गराएको छ । ट्रष्टले विराटनगर महानगरपालिकाका मेयर नागेश कोइरालालाई आगामी फुटबल स्पर्धाको संयोजकको जिम्मेवारी सुम्पिएको छ ।
ट्रष्टका उपाध्यक्ष किशोरबहादुर शाहीले प्रतियोगितामा नेपालका ५, भारतका २ र भुटानका १ गरी ८ टिमको सहभागिता रहने जानकारी गराएका छन् ।
विराटनगर महानगरपालिकाका मेयर तथा विराट गोल्डकप फुटबल स्पर्धा २०७९ का संयोजक नागेश कोइरालाले स्पर्धाका विजेतालाई २० लाख ५१ हजार रूपैयाँ र उपविजेतालाई १० लाख ५१ हजार रूपैयाँ पुरस्कार वितरण गर्ने जानकारी गराए ।