विराटनगरका पेट्रोल पम्पले भारु लिन छोड्यो ?

  • ब्रह्मदेव यादव, विराटनगर ६१४  पटक हेरिएको

बुधबार, आषाढ ०६, २०८० समय : १६:५७:३४ , १ वर्ष अगाडि

विराटनगरका पेट्रोल पम्पका संचालकले भारु लिन छोडेको छ । बैंकले भारु न लिने र बजारमा १ सयको भारु १ सय ५० मा मात्रै विक्री हुने गरेकोले पेट्रोल पम्पका संचालकले भारु लिन छोडेको हो । विराटनगर स्थित अमन आयलका संचालक मुकेश शर्माले बुधबार चिरफार डटकम सँग कुरा गर्दै भने पेट्रोल विक्री गर्दा १ प्रतिशत कमिशन पाइन्छ ।

त्यसमा १ सयको भारु १ सय ५० मा मात्रै विक्री हुन्छ । पम्पमा सवारी साधनमा पेट्रोल भर्न आउने अधिकांशले भारु रुपैयाँ दिन्छ । बैंकले भारु नलिने र बजारमा सस्तोमा भारु विक्री गर्दा नेपाल आयल निगमले उपलब्ध गराएको थोर बहुत कमिशन पनि हराउने अवस्था सृजना भएकोले भारु लिन छोडेको बताए । विराटनगरका अधिकाशं पेट्रोल पम्पले भारु चल्दैन भन्दै बोर्ड झुन्डाएका छन् ।

जसको कारण भारु बोकेर सवारी साधनमा पेट्रोल भर्न आउने जो कोही रित्तो हात फर्किनु पर्ने अवस्था आएको छ । पेट्रोल पम्प मात्रै होइन । विराटनगरको औषधि पसल, ठुला साना नर्सिङ होम, कपडा तथा रेडिमेड पसलदेखि डिपाटमेन्ट स्टोरले समेत भारु लिन छोडेको छ । नेपाल भारतको सिमान्त क्षेत्र रानीदेखि विराटनगरसम्म संचालन भईरहेको सटही काउण्टरले भारु लिन छोडेको छ ।

एक समय नेपालीहरु तिर्थयात्रा गर्न जानेदेखि रेलको टिकट काट्नकालागि बढिमा ३ प्रतिशतसम्म कमिशन बुझाएर भारु लिने प्रचलन थियो । भारुकै लागि विराटनगर स्थित नेपाल राष्ट्र बैंकमा परिचय पत्र बोकेर घण्टौ लाइन लागेर सिमित मात्रामा भारु लिने चलन थियो । तर यतिखेर अवस्था उल्टो छ । र भारुको मोरु अर्थात नेपाली रुपैयाँ लिन कमिशन बुझाउनु पर्छ । सिमान्त क्षेत्रमा १०० को भारु १५० र ५०० को भारु बढिमा ७५० रुपैयाँमा कारोवार भई रहेको छ ।