- चिरफार डटकम, विराटनगर ४७८ पटक हेरिएको
बिहिबार, जेठ ३२, २०८० समय : १८:५८:२० , १ वर्ष अगाडि
नेपाल उद्योग वाणिज्य महासंघ (एफ.एन.सी.सी.आई.) कोशी प्रदेश समितिका अध्यक्ष तथा महासंघका पूर्वकेन्द्रीय सदस्य बरिष्ठ उद्योगी राजेन्द्र राउतले स्वदेशी उत्पादनको प्रयोग बजेटको राम्रो पक्ष रहेको प्रतिक्रिया व्यक्त गरेका छन् ।
कोशी प्रदेशका मुख्यमन्त्री तथा आर्थिक मामिला तथा योजना मन्त्री हिक्मत कुमार कार्कीले विहीबार अध्यादेशबाट आगामी आर्थिक वर्ष २०८०/०८१ का लागि बजेट सार्वजनिक गर्दै प्रदेशको विकास निर्माणको काममा स्वदेशी उत्पादनको प्रयोग गर्ने बजेटमै व्यवस्था गरेको छ ।
कोशी प्रदेश सरकारले विकास निर्माणको काममा स्वदेशी उत्पादनको प्रयोग गर्ने गरेको व्यवस्थाको राउतले स्वागत गरेका छन् । कोशी प्रदेश सरकारले चालु आर्थिक वर्षको बजेटमा प्राकृतिक स्रोत साधनमा लगाईएको करमा एकमुस्ट रकम तिर्ने व्यवसायीलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको छ । तर राउतले प्राकृतिक स्रोत साधनमा लगाईएको सतप्रतिशत कर खारेज गर्न माग गरेका छन् ।
सरकारले आर्थिक वर्ष २०८०/०८१ का लागि ३६ अर्ब २४ करोड ३५ लाख १० हजारको बजेट सार्वजनिक गरेको छ । तर पुँजीगत रकम खर्च नहुँदा देशको आर्थिक अवस्था अगाडी बढ्न सकेन । अध्यक्ष राउतले चालु खर्च नबढेपनि सतप्रतिशत पुँजीगत खर्च भएको खण्डमा मात्रै बजेटले सार्थकता पाउने बताए । किसानलाई दुधमा प्रति लिटर २ रुपैयाँ अनुदान दिने सरकारको निर्णय स्वागत योग्य रहेको अध्यक्ष राउतको भनाई छ ।