- ब्रह्मदेव यादव, विराटनगर १५५६ पटक हेरिएको
शुक्रबार, जेठ २६, २०८० समय : १९:२२:३८ , १ वर्ष अगाडि
विराटनगरस्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस प्रमुख बाबुराम तिम्सिना सहित ६ जना थुनिएका छन् । सहायक काम्पस प्रमुख विष्णुदेव दास, सुशिल अधिकारी, शिवनारायण चौधरी, समान्य प्रशासन प्रमुख सविना गौतम र कर्मचारी प्रशासन महाशाखाका गोपाल घिमिरे, शुक्रबार आ–आफ्नै कार्यकक्षमा थुनिएका छन् ।
स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस इकाई समितिले क्याम्पस प्रशासनको दादागिरी रवैयाविरुद्ध उनिहरुलाई क्याम्पसमै थुनिएको स्पष्ट पारेको छ । स्वतन्त्र विद्यार्थी यूनियन महेन्द्र मोरङ आदर्श बहुमुखि क्याम्पसका सभापति जसवन्त पौडेलले क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनलाई वेवास्था गरेर क्याम्पस प्रशासनले आफु खिशु मनपरी तन्त्र चलाएकोले त्यसको विरुद्ध उनिहरुलाई थुनिएको बताए ।
सभापति पौडेलले सम्पन्न भईसकेको स्वतन्त्र विद्यार्थी यूनियनको हिसाब किताब क्याम्पस प्रशासनले सार्वजनिक गर्न आलटाल गरिरहेको, क्याम्पस प्रशासनले आयव्यय विवरण सर्वजनीक गर्न नचाहेको र विद्यार्थीहरुलाई प्रयोगात्मक परिक्षाको लागि पठाउनुपर्ने नम्बर नपठाएको कारण उनिहरुलाई थुनिएको बताए ।
भापति पौडेलले क्याम्पस प्रशासनले आयव्यय विवरण सार्वजनिक नगर्दा विद्यार्थीहरुलाई लानुपर्ने शैक्षिक भ्रमण प्रभावित बनेकोले बाध्य भएर क्याम्पस प्रमुख तिम्सिना सहित ६ जनालाई थुनिएको बताए । विद्यार्थीहरुले आफुहरु सँग क्याम्पस प्रशासनले वार्ता गर्न नमानेको र उल्टै क्याम्पसमा प्रहरी बोलाएकोले आफुहरु आन्दोलित भएको बताए ।