- ब्रह्मदेव यादव, विराटनगर १५५० पटक हेरिएको
बिहिबार, जेठ २५, २०८० समय : १६:१३:५१ , १ वर्ष अगाडि
विराटनगर स्थित ग्रिनल्याण्ड कलेजले विहीबार ३९ जना पूर्वविद्यार्थीलाई बधाई तथा अभिनन्दन गरेको छ । एम.बि.बि.एस., बि.डि.एस., बि.एस्सी. नर्सिङ, पारामेडिकल, एप्लाइड साइन्स, इन्जिनियरिङ र बि.बि.ए. तर्फ पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल पूर्वविद्यार्थीहरुलाई कलेजले बधाई तथा सम्मान गरेको हो ।
उच्च शिक्षा अध्ययनकालागि देशभरीका विभिन्न शिक्षण निकायले लिएको परीक्षामा ग्रिनल्याण्ड कलेजका ३९ जना विद्यार्थीहरुले पूर्णछात्रवृत्तिमा नाम निकाल्न सफल भएका थिए । र तिनै ३९ जना विद्यार्थीलाई बिहीबार कलेजमा भव्य कार्यक्रम गरेर बधाई तथा अभिनन्दन गरिएको हो ।
कलेजका प्रिन्सिपल दिपक पोखरेल, निर्देशक कृष्ण यादव, संचालक राजिव मिश्र, पिताम्बर लुईंटेल, रविन्द्र मिश्र र पुरुषोत्तम कार्कीले पूर्ण छात्रवृत्तिमा नाम निकाल्न सफलता प्राप्त गरेका पूर्वविद्यार्थीहरुलाई प्रशंसा–पत्र दिएर बधाई तथा अभिनन्दन गरिएका हुन् ।
कलेजका पूर्वविद्यार्थी चन्दनकुमार यादव, इच्छा खतिवडाले जीवनमा सफलता प्राप्त गर्न कडा मेहनत र लगनशिलका साथ अध्ययन गर्न कलेजका विद्यार्थीलाई सुझाव दिए । २०७१ सालमा स्थापना भएको ग्रिनल्याण्ड कलेजमा कक्षा ११ र १२ तर्फ विज्ञान संकाय, कम्प्यूटर संकाय, व्यवस्थापन संकाय र होटल व्यवस्थापन संकायतर्फका कक्षा संचालन भईरहेका छन् ।
कलेजले कक्षा ११ देखिनै विद्यार्थीहरुलाई एम.बि.बि.एस. र इन्जिनियरिङका प्रवेश परीक्षाका कक्षा संचालन गरिरहेकोले एम.बि.बि.एस. र इन्जिनियरिङमा धेरै विद्यार्थी पूर्वछात्रवृत्ति कोटामा नाम निकाल्न सफल भईरहेका छन् । जुन ग्रिनल्याण्ड कलेज विराटनगरको महत्वपूर्ण उपलब्धी हो ।
कलेजका प्रिन्सिपल दिपक पोखरेलले कलेजका शिक्षक शिक्षिका र संचालकहरुको मेहनत र लगनशिलको कारण छोटो समयमा कलेजले ठुलो उपलब्धि हासिल गरेको बताए ।