- चिरफार डटकम, विराटनगर ८८८ पटक हेरिएको
मंगलबार, जेठ २३, २०८० समय : १८:५७:४४ , २ वर्ष अगाडि
भारीतय (भारु) रुपैयाँको मूल्य घटेको छैन तर नेपाली बजारमा घटेर भारतीय रुपैयाँको कारोबार भईरहेको छ । ५०० भारुको नेपाली ८०० रुपैयाँ हुन्छ । तर ५०० भारु नेपाली बजारमा ७५० रुपैयाँमा साटने गरेको छ । एक समयमा नेपालीले भारतीय रुपैयाँ लिनकालागि ३ प्रतिशतसम्म अतिरिक्त रकम बुझाएको खण्डमा मात्रै सटही काउण्टरका सञ्चालकले भारु उपलब्ध गराउने गरेको थियो । तर यतिखेर अवस्था ठिक उल्टो छ ।
५० हजार भारु रुपैयाँ लिएर नेपाली रुपैयाँ चाहियो भन्दै सटही काउण्टर पुग्ने गरेका जो कोहीले पनि सहज रुपमा भारुको नेपाली रुपैयाँ पाउँन सक्ने अवस्था छैन । भारुको नेपाली रुपैयाँ पाउन सकस र असहजको अवस्था छ । नेपाली बजारमा जो कोही सर्वसाधारण सँग यतिखेर छयापछयापी भारतीय रुपैयाँ रहेका छन् ।
नेपाली सँग भारु रुपैयाँ कसरी र कुन माध्यमबाट आयो यसको लेखा जोखा गर्ने अवस्था सृजना हुन थालेको छ । नेपाली बजारमा भारतीय रुपैयाँ साट्न असहजको अवस्था सृजना भएपछि भारतीय पर्यटक नेपाल आउँन छानेका छन् । र नेपालको पर्यटकीय क्षेत्रमा गम्भिर असर देखा पर्न थालेका छन् ।
नेपाली बजारमा भारतीय रुपैयाँ बोकेर सामान किन्न गयो भने व्यवसायीले भारु लिदिन भन्दै ग्राहक फर्काउन थालेका छन् । कपडा पसलमात्रै होइन औषधि पसलदेखि होटल र गित गजल समेत प्रभावित बनेको छ ।