- चिरफार डटकम, विराटनगर ८८३ पटक हेरिएको
आइतबार, जेठ २१, २०८० समय : १७:२१:१७ , १ वर्ष अगाडि
विराट व्यापार संघ विराटनगरले एक सय भन्दा बढि विपन्न परिवारलाई झुल तथा छाता वितरण गरेका छन् । विराटनगर महानगरपालिकाको वडा नं. ४ स्थित गडेरी टोलमा बसोवास गरिरहेका विपन्न परिवारलाई विराट व्यापार संघ महिला उद्यमी समितिले झुल तथा छाता वितरण गरेको हो ।
विराट व्यापार संघ विराटनगरका अध्यक्ष नरेशकुमार खत्रीले सामाजिक उत्तरदायित्व अन्तर्गत विपन्न परिवारलाई झुल तथा छाता वितरण गरिएको बताए । संघका अध्यक्ष नरेशकुमार खत्री, वरिष्ठ उपाध्यक्ष प्रमोद जिन्दल (अग्रवाल), संघका संस्थापक अध्यक्ष धु्रव दाहाल, महिला उद्यमी समितिका अध्यक्ष सरस्वती ओझा र रमा श्रेष्ठको टोली झुल तथा छाता वितरण कार्यमा सहभागी थिए ।
नेपाली कांग्रेसका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सभाका सदस्य भीम पराजुली विराट व्यापार संघको झुल तथा छाता वितरण कार्यमा सहभागि थिए ।