- चिरफार डटकम, विराटनगर ४२७ पटक हेरिएको
शनिबार, जेठ १३, २०८० समय : २२:२३:३५ , १ वर्ष अगाडि
अतिथि सदन विराटनगरले २०८० साल असार १६ गते मनाउन लागेको स्र्वणजयन्ती महोत्सवको अवसरमा शनिबार आयोजना गरेको निःशुल्क आँखा शिविरमा १८४ जनाले आँखाको परीक्षण गराएका छन् ।
सदनले आयोजना गरेको निःशुल्क आँखा शिविरमा सदनका अध्यक्ष एवं उद्योगी दिनेश गोल्छाले समेत आँखाको परीक्षण गराए । शिविरमा आँखा परीक्षण गराएका मध्ये ३८ जनाको आँखामा मोतिया बिन्दुको रोग देखिएको छ । र उनिहरुको विराटनगर स्थित रामलाल गोल्छा आँखा अस्पतालमा निःशुल्क रुपमै शल्यक्रिया गरिने सदनका उपाध्यक्ष एवं आँखा शिविरका संयोजक जितेन्द्रकुमार राठीले बताए ।
तिलगंगा आँखा अस्पताल काठमाडौं, रामलाल गोल्छा आँखा अस्पताल विराटनगर, विराटनगर महानगरपालिका र अतिथि सदन विराटनगरको संयुक्त आयोजनामा आखाँ शिविरको आयोजना गरिएको सदनका कार्यकारिणी सदस्य तथा स्वर्णजयन्ती महोत्सव आयोजनक समितिका सचिव संजय दुगडले बताए ।