- चिरफार डटकम, विराटनगर ८२६ पटक हेरिएको
शनिबार, जेठ १३, २०८० समय : २२:२१:५६ , १ वर्ष अगाडि
उद्योग संगठन मोरङमा राकेश सुरानाको शनिबार पदस्थापन भएको छ । बैशाख २९ गते सम्पन्न संगठनको ५०औं वार्षिक साधारण सभाबाट सुराना अध्यक्षमा निर्वाचित भएका थिए । संगठनमा नवनिर्वाचित बरिष्ठ उपाध्यक्ष नन्दकिशोर राठी, उपाध्यक्ष राजकुमार गोल्छा, भोलेस्वर दुलाल (भोला), विपिन काबरा र कोषाध्यक्षमा सुबोध कोइरालासहित कार्यकारीणी समितिका सदस्यहरुको एकसाथ पदस्थापन भएका छन् ।
संगठनका निवर्तामान अध्यक्ष सुयश प्याकुरेलले नवनिर्वाचित अध्यक्ष राकेश सुरानालाई पद हस्तान्तरण गरे । संगठनको १६औं कार्यकारिणी समितिको अध्यक्ष पदमा निर्वाचित सुरानाले शनिबार ३ जनालाई कार्यसमितिको सदस्य पदमा मनोनयन गरेको छ । प्रतिभा रिजाल ओली, जयन्द्र शर्मा र सिद्धार्थ काबरालाई कार्यकारिणी समितिको सदस्य पदमा मनोनयन गरेको हो ।
बैशाख ३० गते सम्मपन्न संगठनको निर्वाचनबाट अध्यक्ष सुरानाको नेतृत्वमा १४ सदस्य कार्यकारीणी समितिका पदाधिकारी र सदस्य निर्वाचित भएका थिए । शनिबार सम्पन्न संगठनको पदस्थापन समारोहमा कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, प्रमुख अतिथिको रुपमा र कोशी प्रदेश सरकारका उद्योग, कृषि तथा सहकारी मन्त्री भक्तिप्रसाद सिटौला अतिथिको रुपमा सहभागि थिए ।