- चिरफार डटकम, विराटनगर ५४८ पटक हेरिएको
आइतबार, जेठ ०७, २०८० समय : १७:१५:०५ , २ वर्ष अगाडि
गुणस्तर तथा नापतौल कार्यालय विराटनगरले आर्थिक बर्ष २०७९/०८० को १० महिनामै ८८ लाख भन्दा बढि रुपैयाँ राजश्व संकलन गरेको छ । कार्यालय प्रमुख मनोज कुमार पोखरेलले आर्थिक बर्ष २०७९÷०८० को साउन देखि बैशाखसम्ममा ३ हजार ४ सय ९९ उद्योगी तथा व्यापारी फर्मको जाँच परीक्षण वापत ८८ लाख २७ हजार ३ सय ८२ रुपैयाँ राजश्व संकलन भएको जानकारी गराए ।
कार्यालयले २३० वटा भेइकल ट्याङको परीक्षण गरेको छ । यस अघि विराटनगर बाहिर भेइकल ट्याङकको परीक्षण भई रहेको थियो । पछिल्लो समय कोशी प्रदेशको राजधानी विराटनगरबाट भेइकल ट्याङको परीक्षण सुरु भएको छ । कार्यालयले भेइकल ट्याङको परीक्षण पछि जारी गरेको प्रमाण पत्रको आधारमा नेपाल आयल निगमले ट्याङकमा पेट्रोल, डिजेल र मटितेल उपलब्ध गराउने गरेको छ । कार्यालयले १० महिनामा ५२४ वटा पेट्रोल पम्पको नोजेल परीक्षण गरेको छ ।
कार्यालयले कोशी र सगरमाथा भरीको पेट्रोल पम्पको अनुगमन र नोजेल परीक्षण गर्ने अख्तियार प्राप्त गरेको छ । कार्यालयले १० महिनामा ८५५ वटा उद्योगी तथा व्यापारी फर्मको परीक्षण पछि प्रमाण पत्र जारी गरेको छ । कार्यालयले ९ सय भन्दा बढि उद्योगी तथा व्यापारी फर्मको जाँच परीक्षण गरेको छ ।