रावत विराट–बर्जु हाफ म्याराथन दौड प्रतियोगिताको विजेता

  • चिरफार डटकम, विराटनगर ८०४  पटक हेरिएको

शनिबार, जेठ ०६, २०८० समय : १८:१७:०५ , २ वर्ष अगाडि

१ घण्टा १७ मिनेट २८ सेकेण्डमा २३ किलोमिटर दुरीको दौडयात्रा पुरागर्दै नरेन्द्र सिंह रावत विराट–बर्जु हाफ म्याराथन दौड प्रतियोगिताको विजेता बनेको छ । प्रतियोगिताको विजेता बन्दै रावतले १ लाख रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । १ घण्टा १८ मिनेटमा निर्धारित दुरी दौड यात्रा पुरागर्दै सुशिलकुमार साही दोस्रो बन्दै ७५ हजार रुपैयाँको पुरस्कार प्राप्त गरे ।

१ घण्टा १८ मिनेट ३३ सेकेण्डमा निर्धारित दुरी दौड यात्रा पुरा गर्दै मोहनदेव जौराले तेस्रो स्थान हासिल गर्दै ५० हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरे । होमलाल श्रेष्ठ, शिकास राई र किरण सिंह बोगटिले जनही १५ हजार रुपैयाँका दरले सान्तोना पुरस्कार प्राप्त गरे । विजेता जति सबै विभागिय टोली नेपाली सेना र शसस्त्र प्रहरीका खेलाडी हुन् ।

विराट–बर्जु हाफ म्याराथनमा महिला तर्फ ५ किलोमिटर दुरीको दौड यात्रा पुरा गरेर रेखा बिष्ट विजेता बनेकी छिन् । २७ बर्ष बिष्टले १९ मिनेटमा ५ किलोमिटर दुरीको दौड यात्रा पुरा गरेका हुन् । बिष्टले २५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गरिन । सिमा चौधरी दोस्रो हुँदै २० हजार र २० बिर्सना कुमाल तेस्रो हुँदै १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन । कोशी प्रदेशको रंगेलीबाट प्रतियोगितामा सहभागी अन्सुकुमारी मण्डलले सानतोन पुरस्कार वापत १० हजार रुपैयाँ प्रप्त गरिन ।

प्रतियोगितामा सहभागी भोजपुरका ११ बर्षिय विनिता राई र १० बर्षिय जही राईलाई ५/५ हजार नगद सहित पुरस्कार प्रदान गरिन । भोजपुरबाट प्रतियोगितामा सहभागिता जनाएका विनिता राई र जुही राईले विजेता बन्न नसकेपनि कोशी प्रदेश सरकारले सानो उमेरमा उत्कृष्ट प्रदर्शन गरेको भन्दै ५/५ हजार रुपैयाँ पुरस्कार प्रदान गरे । कोशी प्रदेश सरकारको पर्यटन, वत तथा वातावरण मन्त्रालयले विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थति प्राचिन विराट राजा दरवारदेखि सुनसरीको बर्जु गाउँपालिकासम्म विराट–बर्जु हाफ म्याराथन दौड प्रतियोगिताको आयोजना गरेको थियो ।

प्रतियोगितामा ५४ जना पुरुष र १९ जना महिला गरेर ७३ जनाले सहभागिता जनाएका थिए । कोशी प्रदेश सरकारका पयर्टन वन तथा वातावरण मन्त्री जीवन आचार्य, कोशी प्रदेशका सांसद अमृत अर्याल र रामदेव यादव र मन्त्रालयका सचिव डा. संजिव राईले विजेता खेलाडीहरुलाई नगद सहित प्रमाण पत्र प्रदान गरेका थिए ।