श्रीमतीको सम्झनामा श्रीमान्ले आयोजना गरे मानव सेवा आश्रममा स्वास्थ्य शिविर

  • ब्रह्मदेव यादव, विराटनगर ११७४  पटक हेरिएको

बिहिबार, जेठ ०४, २०८० समय : १७:०३:३३ , २ वर्ष अगाडि

श्रीमतीको सम्झनामा श्रीमान् अशोक अग्रवालले विराटनगर महानगरपालिकाको वडा नं। १० स्थित मानव सेवा आश्रममा निःशुल्क स्वास्थ्य शिविरको आयोजना ग¥यो । राठी स्वास्थ्य सेवा पुष्पलाल चौक विराटनगर र महेश होमीयो पेथिक दान्तव्य औषधालय संगको सहकार्यमा सविता देवी अग्रवाल, च्यारिटेवल ट्रस विराटनगरले मानग सेवा आश्रममा आश्रित महिलालाई सेवा प्रवाह गर्ने उद्देश्यका साथ निःशुल्क स्वास्थ्य शिविरको आयोजना गरेका थिए ।

मानव सेवा आश्रममा आश्रित ७० जना भन्दा बढि महिलाहरुको शिविरमा स्वास्थ्य परिक्षण गरिएको थियो । डा। युदेशा धनन्जनी र डा। जे।सी। रायले महिलाहरुको स्वास्थ्य परिक्षण गरेका थिए । सविता देवी अग्रवाल च्यारिटेवल ट्रष्ट विराटनगरले मानव सेवा आश्रममा आश्रित महिलाहरुको स्वास्थ्य परिक्षण संगै निःशुल्क रुपमा औषधि वितरण गरेका थिए ।

सविता देवी अग्रवाल, च्यारिटेव ट्रष्ट विराटनगरका तर्फबाट स्व। सविता देवी अग्रवालका श्रीमान् अशोक अग्रवाल, राठी स्वास्थ्य सेवा पुष्पलालचौक विराटनगरका संस्थापक उद्योगी तथा समाजसेवी घनश्याम राठी, मानव सेवा आश्रमका तर्फबाट नवराज केसी, गंगा थापा, गोमा खड्का र पार्वती तिवारीले स्वास्थ्य शिविरमा सहजी करणको भूमिका निर्वाह गरेका थिए ।

सवितादेवी अग्रवाल, च्यारिटेवल ट्रष्ट विराटनगरले चाँडैनै विराटनगर महानगरपालिकाको वडा नं। ३ मा रहेको मानव सेवा आश्रममा आश्रित पुरुषकालागि निःशुल्क स्वास्थ्य शिविरको आयोजना गर्ने तयारी भईरहेको अशोक अग्रवालले बताए । स्व। सवितादेवी अग्रवाल, नेकपा एमालेका नेता तथा रंगेली नगरपालिकाका मेयर एवं उद्योगी दिलिप बगडिया र मोरङ व्यापार संघका कोषाध्यक्ष, युवा उद्यमी तथा सामाजसेवी राजेश बगडियाका दिदी बहिनी हुन् ।

९ बर्ष अगाडी भारतमा भएको सडक दुर्घटनामा सविता देवी अग्रवालको निधन भएको थियो । सवितादेवी अग्रवालको सम्झनामा श्रीमान् अशोक अग्रवाल, उनका जेठान दिलिप बगडिया र सालो राजेश बगडियाले सविता देवी अग्रवाल, च्यारिटेवल ट्रष्टको स्थापना गरेर सामाजिक कार्य गर्दै आइरहेका छन् । दिलीप र राजेश बगडियाले ट्रष्टको सहयोगमा रंगेली क्षेत्रमा १ सय भन्दा बढी जोडिको विवाह सम्पन्न गराई सकेका छन् ।