- चिरफार डटकम, विराटनगर ३६१ पटक हेरिएको
सोमबार, जेठ ०१, २०८० समय : १६:५१:३३ , २ वर्ष अगाडि
कोशी प्रदेश सरकारको पर्यटन, वन तथा वातावरण मन्त्रालयले जेठ ६ गते म्याराथन दौडका प्रतियोगिताको आयोजना गदैछ । मन्त्रालयका सचिव डा. संजिव राईले सोमबार विराटनगरमा पत्रकार सम्मेलन गरेर म्याराथन दौड प्रतियोगित सम्पन्न गर्न १० लाख रुपैयाँ खर्च हुने जानकारी गराए ।
जेठ ६ गते विराटनगर महानगरपालिकाको वडा नं. १८ स्थित भेडियारीबाट सुरु हुने म्याराथन दौड प्रतियोगिता सुनसरीको बर्जु गाउँपालिकामा पुगेर समापन हुनेछ । २३ किलोमिटर दुरी पार गरेर प्रथम स्थान प्राप्त गर्नेले १ लाख, दोस्रो स्थान प्राप्त गर्नेले ७५ हजार, तेस्रो स्थान प्राप्त गर्नेले ५० हजार, चौथो, पाँचौं र छौठौं स्थान प्राप्त गर्नेले जनही १५÷१५ हजारका दरले पुरस्कार प्राप्त गर्नेछन् ।
महिला तर्फ म्याराथन दौड प्रतियोगितामा ५ किलोमिटरको दुरी पार गरेर प्रथम हुनेले २५ हजार, दोस्रो हुनेले २० हजार र तेस्रो हुनेले १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।
म्याराथन दौड प्रतियोगितालाई भव्य रुपमा सम्पन्न गर्न पर्यटन, वन तथा वातावरण मन्त्रालयलाई गठन गरेको समितिमा नेपाल पत्रकार महासंघ कोशी प्रदेश समितिका अध्यक्ष लिलाबल्लभ घिमिरेलाई सदस्य मनोनयन गरेका छन् ।