- ... ५२० पटक हेरिएको
आइतबार, पुष २४, २०७९ समय : १८:१४:०९ , २ वर्ष अगाडि
- ब्रह्ममदेव यादव, विराटनगर
हिक्मतकुमार कार्की प्रदेश नं. १ को मुख्यमन्त्री नियुक्त भएका छन् । १ नं. प्रदेश प्रमुख पर्शुराम खापुङले प्रदेश सभामा नेतृत्व गर्ने सत्ताघटक ४ दलिय संसदिय दलका नेताहरु संग केही समय गोप्य भेटघाट गरेपछि मात्रै कार्कीलाई मुख्यमन्त्रीमा नियुक्त गर्ने प्रक्रिया अगाडी बढाइएको थियो । नेपालको संविधान २०७२ को धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख खापुङले कार्कीलाई आइतबार साँझ मुख्यमन्त्रीमा नियुक्त गरेको हो । नेकपा एमाले १ नं. प्रदेश संसदिय दलका नेता कार्की प्रदेश सभाको ४ दलको १६० सांसदको समर्थनमा मुख्यमन्त्री बन्न पुगेको हो
९३ सदस्य प्रदेश सभामा नेकपा एमालेका ४०, नेकपा माओवादी केन्द्रका १३, राप्रपाका ६ र जसपा नेपालका १ गरी १६० सांसदको समर्थन कार्कीलाई छ । २९ सांसद रहेको नेपाली कांग्रेस र ४ सांसद रहेको नेकपा एकिकृत समाजवादी सरकार बाहिर प्रतिपक्षको भूमिकामा रहने छ ।
नेकपा एमाले संसदिय दलका नेता हिक्मत कार्की, नेकपा माओवादी केन्द्र संसदिय दलका नेता इन्द्र आङ्बो, राप्रपा संसदिय दलका नेता भक्ति सिटौला र जसपा नेपाल संसदिय दलका नेता निर्मला लिम्बुको हस्ताक्षर सहित १६० सांसदको समर्थन पत्र लिएर सत्ताघटक दल आइतबार प्रदेश प्रमुख खापुङको कार्यालय पुगेर बहुमतको सरकार निर्माणको लागि पत्र बुझाएका थिए । र प्रदेश प्रमुख खापुङले आइतबार साँझ नै कार्कीलाई संविधानको धारा १६८ (२) बमोजिम मुख्यमन्त्री नियुक्त गरेको हो ।
सोमबार २ बजे प्रदेश प्रमुखकै कार्यालयमा प्रदेश प्रमुख खापुङले कार्कीलाई मुख्यमन्त्री पदको सफत खुवाउने कार्यक्रम तय गरिएको छ ।
प्रदेश प्रमुख खापुङले पुस १७ गते १ साताको समय अवधि तोकेर पुस २४ गते भित्र सरकारका लागि दाबी पेश गर्न भनेको थियो । प्रदेश सभाको सबैभन्दा ठुलो दल एमाले र माओवादी केन्द्रले मुख्यमन्त्री पदमा दावी नछोडेपछि सरकार गठन पक्रियामा ढिलाई भएको थियो ।
आइतबार बिहान एमाले र माओवादी केन्द्रका शिर्ष नेताहरुको बैठकले प्रदेश नं. १ मा सरकारको नेतृत्व एमालेले गर्ने टुङ्गो लगाएपछि कार्की सर्वसम्मत मुख्यमन्त्री बन्न पुगेको हो ।