- चिरफार डटकम, विराटनगर ४७० पटक हेरिएको
बिहिबार, बैशाख २८, २०८० समय : १७:५३:४० , २ वर्ष अगाडि
किशोरकुमार विश्वास अध्यक्ष रहेको समावेशी समाजवादी पार्टी नेपालले आगामी जेष्ठ १६ गते सुनसरीको दुहवीमा विरोध सभा आयोजना गर्ने तयारीमा जुटेको छ । पार्टी अध्यक्ष किशोरकुमार विश्वासले बिहिबार विराटनगरमा पत्रकार सम्मेलन गरेर जेष्ठ १६ गते मंगलबार दुहवी नगरपालिकाको थरुहट चोकमा विरोध सभा गर्ने जानकारी गराएको छ ।
सुनसरीको दुहवी बजारमा प्रत्येक मंगलबार साप्ताहिक हाटबजार लाग्ने गरेको छ । थारु समूदायको बाहुल्यता रहेको दुहवी नगरपालिका सहित आसपासका गाउँपालिकाहरुबाट हजारौंको संख्यामा सर्वसाधारण हाटबजार गर्न दुहवी बजार आउँने गरेको छ । र समावेशी समाजवादी पार्टीले विरोध सभामा बाक्लो उपस्थिति जनाउन हाटबजार लाग्ने दिन मंगलबारनै विरोध सभाको आयोजना गर्ने तयारीमा जुटेको छ ।
नेपालको संविधान २०७२ मा रहेको त्रुटि सच्याउन, अधिकार विहिन संघियतालाई अधिकार सम्पन्न बनाउन र देशबाट भ्रष्टाचार उन्मुलनकालागि सरकार माथि दवाव श्रृजना गर्ने उद्देश्यका साथ विरोध सभाको आयोजना गर्न लागिएको अध्यक्ष विश्वासले बताए ।
झापा, मोरङ, सुनसरी, सप्तरी, सिरहा र उदयपुर जिल्लालाई कोचिला प्रदेश बनाउन विश्वासले माँग गरेको छ । कोशी प्रदेशको नामाकरण विभेद पूर्ण रहेकोले यसलाई सच्याउन पनि विश्वासले माँग गरेका छन् ।