- चिरफार डटकम, विराटनगर ५५२ पटक हेरिएको
सोमबार, बैशाख २५, २०८० समय : १५:३०:३६ , २ वर्ष अगाडि
२०८० साल बैशाख ३१ गते नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिका नवनिर्वाचित अध्यक्ष राजेन्द्र राउतको पदस्थापनाको कार्यक्रम तय गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ कोशी प्रदेश समितिको २०७९ चैत्र ९ गते झापामा सम्पन्न ५औं साधारण सभा तथा तेस्रो अधिवेशनले राउतलाई सर्वसम्वत अध्यक्ष चयन गरिएको हो । राउत शिवम् फुटवेयर प्रा.लि. अन्नपूर्ण सिमेन्ट प्रा.लि. र शिवम अर्गनाईजेशन प्रा.लि.का अध्यक्ष हुन् ।
नेपाल उद्योग वाणिज्य महासंघ संघका केन्द्रिय अध्यक्ष चन्दप्रसाद ढकालको प्रमुख आतिथ्यमा बैशाख ३१ गते विराटनगरमा आयोजना गर्न लागिएको कार्यक्रममा अध्यक्ष राउतसहित कार्यकारिणी समितिका पदाधिकारी र सदस्यहरुलाई पदस्थापना गराउने कार्यक्रम तय गरिएको छ । नवनिर्वाचित अध्यक्ष राउतले बैशाख ३१ पछि उद्योगी व्यवासायिहरुको हक हितकालागि काम शुरु गर्ने बताएका छन् ।