संघिय संसदमा अमरेश सिंह किन नाङ्गिगए ?

  • ब्रह्मदेव यादव, विराटनगर ७२४  पटक हेरिएको

सोमबार, बैशाख २५, २०८० समय : १५:२९:३२ , २ वर्ष अगाडि

संघिय संसदमा सांसद अमरेशकुमार सिंह सोमबार नाङ्गिएका छन् । नेपालको सर्वोच्च निकाय संघिय संसदमा सांसद सिंह नाङ्गिएपछि यसले राष्ट्रियदेखि अन्तर्राष्ट्रिय जगतमा समेत चर्चा बटुलेको छ । साथै नेपाल भ्रष्टचारको थलो रहेको यस बारे संसदमा सांसदलाई बोल्न प्रतिबन्ध लगाईको सन्देश प्रवाह भएको छ । सर्लाहीबाट प्रतिनिधिसभामा निर्वाचित स्वतन्त्र सांसद सिंहले सोमबारको प्रतिनिधि सभामा सट र गन्जी खोलेर नाङ्गिए ।

शरीरको कम्मर भन्दा माथिल्लो भागमा लगाएको लुगा खोलेर टेबलमा राख्दै सांसद सिंह नाङ्गै अवस्थामा सरकारी कदमको विरोध गरेका छन् । सोमबार प्रतिनिधि सभाको बैठक सूचारु हुनासाथ सांसद सिंहले सभामुख सँग भ्रष्टचारको बारेमा बोल्न समय मागेका थिए । तर सभामुखले बोल्ने समय नदिएपछि सांसद सिंह संसदिय व्यवस्थामा बोल्न नदिएको भन्दै त्यसको विरोधमा नाङ्गिएको हो ।

सांसद सिंहले सर्वदलिय भ्रष्टचारको गाठो फुकाउन नेपाली जनताको ध्यानाकर्षण गराउन आफु सांसदमा नाङ्गिएको बताए । पछिल्लो केहि दिन यता नेपालको राजनैतिकको उच्च ओहदामा पुगिसकेका व्यक्तिहरुले अथाह सम्पत्ती जोडेको र त्यसबारे गठित छानविन समितिले प्रमाण जुटाउने क्रम जारी रहेको बेला सांसद सिंहले संसदमा भ्रष्टचारको बारेमा थप जानकारी दिने गरी बोल्न समय मागेका थिए । तर सभामूखले समय दिएनन् । नेपाली कांग्रेसका पूर्व नेता सिंह पछिल्लो समय स्वतन्त्रको हैसियतमा संसदमा पुगेका छन् ।