- ब्रह्मदेव यादव, विराटनगर ६२३ पटक हेरिएको
आइतबार, बैशाख २४, २०८० समय : १७:४८:५८ , २ वर्ष अगाडि
उद्योग संगठन मोरङको १६औं कार्यसमितिका लागि राकेश सुराना र प्रदिप मुरारका समूहले बेग्ला–बेग्लै प्यानल बनाएर अध्यक्ष पदका लागि चुनावी मैदानमा होमिएको छ । सुराना संगठनका साधार सदस्य र मुरारका बरिष्ठ उपाध्यक्ष हुन् ।
१५औं कार्यसमितिकालागि ३ बर्ष अगाडी भएको निर्वाचनमा सबै पदमा सर्वसंवत नेतृत्व चयन भएपनि बरिष्ठ उपाध्यक्षमा सुराना र मुरारका बिच चुनाव भएको थियो । र झिनो मतान्तरले मुरारकासँग सुराना पराजित भएका थिए । ३ बर्षको व्यापक तयारी पछि शसक्त रुपमा प्यानल बनाएर सुराना अध्यक्षमा चनाव लड्ने गरी अगाडी बढेका छन् । यही बैशाख २९ गते संगठनको ५०औं साधारण सभा र ३० गते १६औं कार्यसमितिकालागि निर्वाचन हुँदैछ ।
आगामी अध्यक्षको दौडमा रहेका नन्दकिशोर राठीलाई समेटेर सुरानाले बेग्लै प्यानल बनाएका छन् । सुराना अध्यक्ष रहेको प्यानलमा राठीलाई बरिष्ठ उपाध्यक्ष बनाउने तयारी भईरहेको छ । राठी १५औं कार्यसमितिमा संगठनमा उपाध्यक्ष पदमा कार्यरत छन् । १६औं कार्यसमितिमा सुराना अध्यक्ष बन्ने र १७औं कार्यसमितिमा राठीलाई अध्यक्ष बनाउने सहमति कायम गरेर प्यानल बनाईएको उद्योग संगठन निकट समाचार सुत्रले जानकारी गराएको छ ।
सुरानाको प्यानलाई विभिन्न राजनैतिक दलसँग आबद्ध उद्योगी सहित संगठनका अधिकांश पूर्व अध्यक्षहरुले समर्थन गरेका छन् । बरिष्ठ उपाध्यक्ष मुरारका संगठनले स्थापित गरेको सिस्टम अनुसार आफु अध्यक्ष निर्वाचित हुने दाबी गरेका छन् । उनले आफु संगठनमा सदस्य, उपाध्यक्ष र बरिष्ठ उपाध्यक्ष भएर १८ बर्षभन्दा बढि समय काम गरेकोले आफु अध्यक्ष निर्वाचित हुनेमा शंखा नरहेको बताए ।
आइतबार चिरफार डटकम सँग कुरागर्दै मुरारकाले भनेः संगठनमा गुटबन्दी गर्ने समूहको काम छैन । संगठनमा आबद्ध २३७ जना सदस्यहरुको हकहितको लागि काम गर्ने योग्य, सक्षम र क्षमतावान नेतृत्वको आवश्यकता छ । जुन नेतृत्व मैले प्रदान गर्न सक्छु ।