- चिरफार डटकम, विराटनगर ४१५ पटक हेरिएको
शुक्रबार, बैशाख २२, २०८० समय : १६:१६:५८ , २ वर्ष अगाडि
नेपाल आयूवैद स्वास्थयकर्मी समाज कोशी प्रदेश समितिले तीन जना एलोपेथिककर्मीलाई सम्मान गरेको छ । समाजले शुक्रबार विराटनगरमा आयोजना गरेको दोस्रो कोशी प्रदेश अधिवेशनमा तीनै जना एलोपेथिक कर्मीलाई सम्मान गरेको हो ।
एलोपेथिककर्मीलाई स्वास्थ्यकर्मी सरह मान्यता दिलाउन महत्वपूर्ण योगदान पुर्याएको निष्कर्ष निकाल्दै समाजले डा. सुरेश महर्जन, तिर्थराज आचार्य र नरेश थापालाई सम्मान गरेको हो ।
कोशी प्रदेशका स्वास्थय मन्त्री निर्मला तावा लिम्बु, समाजका केन्द्रिय अध्यक्ष गोकुल पराजुली र समाजका कोशी प्रदेश अध्यक्ष बैजनाथ साहले तीनै जना एलोपेथिककर्मीलाई दोसल्ला ओढाएर सम्मान पत्रले सम्मान गरेका थिए ।