- ब्रह्मदेव यादव, विराटनगर ४४७ पटक हेरिएको
बुधबार, बैशाख १३, २०८० समय : १६:२६:२० , २ वर्ष अगाडि
कोशी प्रदेश सरकारका स्वास्थ्य मन्त्री निर्मला तावा लिम्बु अस्पतालकै बेडमा पुगेर बिरामीको कुरा सुन्दै त्यसलाई समाधान गराउँदै पहल कदमी लिएका छन् । मन्त्री लिम्बु सहित स्वास्थ्य सचिव डा. सुधा देवकोटा नेतृत्वको टोली बुधबार विराटनगर स्थित सुरक्षा अस्पतालको अनुगमन गर्ने क्रममा अस्पतालमा उपचार गराई रहेका सैयौं बिरामीहरुको समस्या सुन्ने प्रयत्न गरेका छन् ।
बिरामीले कति दिनदेखि अस्पतालमा कुन रोगको उपचार गराई रहेको र उपचारमा संलग्न चिकित्सकहरुले प्रवाह गरिरहेको सेवाप्रति सन्तुष्ट रहे वा नरहेको प्रति बिरामी र उनका आफ्न्तसँग मन्त्री लिम्बुले कुरा बुझ्ने प्रयत्न गरेका हुन् । अस्पतालमा उपचार गराई रहेका बिरामीलाई अस्पताल प्रशासनले लगाईएको सलाईन पानीको बोतलबाट बिरामीको शरिरमा पानी प्रवाह भईरहेको छ कि छैन भन्ने मन्त्री लिम्बुले नजिकबाट हेर्ने प्रयत्न गरेका थिए ।
हेर्दा सामान्य लाग्ने विषयलाई मन्त्री लिम्बुले चासो दिएर हेर्दा अस्पतालमा उपचार गराई रहेका बिरामी र उनका आफ्न्तहरुले मन्त्रीको खुबै प्रशंसा गरेका छन् । ५० बेडको सुरक्षा अस्पतालले साना र ठुला भवनमा प्रसुती तथा स्त्री रोग साथै बाल रोग सम्बन्धी उपचार सेवा प्रदान गरिरहेको छ । अस्पतालले ठुला भवन मार्फत प्रवाह गरिरहेको उपचार कक्ष भन्दा बाहिर रहेको खुल्ला बरन्डा सुरक्षाको दृष्टिकोणले जोखिम र खतरनाक देखिएको छ ।
केही समय अघि विराटनगरको गोल्डेन अस्पतालको खुल्ला बरन्डाबाट १ जान बिरामीले हामफालेर आत्महत्या गरेका थिए । सुरक्षा अस्पतालको खुल्ला बरन्डाको अवस्था त्यस्तै छ । सुरक्षाको दृष्टिकोणले खुल्ला बरन्डालाई सुरक्षित बनाउन मन्त्री लिम्बुले अस्पतालका संचालक डा. रम्भा देवलाई सुझाव दिएका छन् । विश्व स्वास्थ्य संगठनको मापदन्ड बमोजिम अस्पतालले सफाइमा ध्यान दिएको देखिएन ।
अस्पतालको ल्याब प्रयोगशालामा कति प्रकारको रोगको परिक्षण भई रहेको विषयमा प्रदेश सरकारका स्वास्थ्य सचिव डा. सुधा देवकोटाले सोधेको प्रश्नको जवाफ दिन ल्याबमा कार्यरत स्वास्थ्यकर्मीहरु आनाकानी गरेका थिए । अनुगमन पछि मन्त्री लिम्बुले अस्पतालमा देखिएको बेतिथिलाई ७ दिन भित्र सच्याएर सुधार गर्न सुझाव दिएको बताए ।
चिरफार डटकम सँग कुरा गर्र्दै मन्त्री लिम्बुले भने: सुरक्षा अस्पताल सरकारी मापदण्ड बमोजिम नै संचालन भईरहेको छ । तर अस्पताललाई सुधार गर्नुपर्ने धेरै विषय देखिएको छ । हामीले ७ दिन भित्र अस्पतालमा देखिएको बेतिथिलाई सुधार गर्न सुझाव दिएका छौ । अस्पताल प्रशासन सँग अस्पतालको पछाडी तर्फ जग्गा रहेको र अस्पताल प्रशासनले चाडै नै खाली जग्गामा अस्पताल बनाउने आश्वासन दिएको छ ।