- चिरफार डटकम, विराटनगर ४७० पटक हेरिएको
बुधबार, बैशाख १३, २०८० समय : १६:२५:१२ , २ वर्ष अगाडि
जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा पूर्वउपप्रधानमन्त्री उपेन्द्र यादवले प्रतिनिधि सभामा सान्दार वापसी गरेका छन् । २०७९ को प्रतिनिधि सभा सदस्यमा सप्तरी जिल्लाबाट पराजित यादवले २०८० को प्रतिनिधि सभा सदस्यको उपनिर्वाचनमा वारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट निर्वाचित भएर प्रतिनिधि सभामा सान्दार वापसी गरेको हो ।
प्रतिनिधि सभामा पुग्न नदिन विदेशी शक्ति र जातिय राजनितिको मुद्दा उठान गर्ने विरोधीलाई यसले ठुलो झापड हानेको छ । वारा–२ बाट जनमत पार्टीका शिवचन्द्र कुशवाहालाई ५ हजारभन्दा बढि मतको अन्तरले पराजित गर्दै यादवले सान्दार जित निकालेको हो ।
जित सँगै यादवले जनमत पार्टी सँग हारको बदला लिएको छ । २०६२÷०६३ को मधेश विद्रोह पछि भएको निर्वाचनमा यादव लगातार प्रतिनिधि सभामा पुग्ने रेकर्ड पनि कायम गरेको छ । यादव पहिलो संविधान सभामा मोरङ–५ र सुनसरी–५ बाट सान्दार जित हासिल गरेका थिए ।
दोस्रो संविधान सभामा यादव मोरङ–५ बाट पराजित भएपनि सुनसरी ४ बाट विजय प्राप्त गरेर प्रतिनिधि सभामा पुगेका थिए । तेस्रो संसदिय निर्वाचनमा यादव सप्तरीबाट निर्वाचित भएर प्रतिनिधि सभामा पुगेका थिए । यतिखेर यादव सप्तरीबाट पराजित भएर पनि उपनिर्वाचनमा वारा–२ बाट निर्वाचित भएर प्रतिनिधि सभामा पुगेको छ ।