नेपाल अग्रवाल महिला मञ्चले विराटनगर बसपार्कमा जडान गर्‍यो पानी पिउने मेशिन

  • ब्रह्मदेव यादव, विराटनगर ८६७  पटक हेरिएको

आइतबार, बैशाख १०, २०८० समय : १७:४८:३९ , २ वर्ष अगाडि

नेपाल अग्रवाल महिला मञ्चले विराटनगर–११ स्थित बसपार्कमा पानी पिउने मेशिन जडान गरेको छ । विराटनगर बसपार्कमा जडान गरिएको पानी पिउने मेशिनबाट यातायात मजदुरदेखि सर्वसाधारणहरु लाभांवित हुने छन् । १ लाख ५० हजार भन्दा बढि रुपैया खर्चेर नेपाल अग्रवाल महिला मञ्चले बसपार्कमा पानी पिउने मेशिन जडान गरेको हो ।

नेपाल अग्रवाल सभा विराटनगरका निवर्तमान अध्यक्ष उद्योगी तथा बरिष्ठ समाजसेवी देवकिनन्दन अग्रवाल, नेपाल अग्रवाल महिला मञ्च विराटनगरका अध्यक्ष अनिता कलकतिया, विराटनगर महानगर पालिका वडा नं. ११ का वडाध्यक्ष तीथेन्द्र न्यौपानेले आइतबार भव्य समारोहका बिच पानी पिउने मेशिनको उद्घाट गरेका छन् ।

कार्यक्रममा उद्योगी श्रवण अग्रवाल, रामअवतार अग्रवाल, जगरनाथ खेतान, मारवाडी सेवा समिति विराटनगरका अध्यक्ष गोविन्द झुनझुनवाला, मारवाडी यूवा मञ्च विराटनगरका बरिष्ठ सल्लाहकार शिवरतन जोशी, नेपाल अग्रवाल सभा विराटनगरका महासचिव अभिषेक तोदी, नेपाल अग्रवाल, महिला मञ्च विराटनगरका उपाध्यक्ष आशा तोदी, महासचिव बर्तिका खेतान, मञ्चका सल्लाहकार सन्तोष तोदी, विराटनगर बसपार्क व्यवस्थापन अध्यक्ष पदमकुमार श्रेष्ठ, सचिव मुकुन्द ढुंगाना, लगायतका सहभागिता रहेको थियो ।

नेपाल अग्रवाल महिला मञ्च विराटनगरले ६ महिना अगाडी विराटनगर–७ स्थित सरकारी वकिलको कार्यालयमा १ लाख ५० हजार भन्दा बढि रुपैया खर्चेर पानी पिउने मेशिन जडान गरेका थिए । मञ्चले ६ महिना भित्र ३ लाख भन्दा बढि रुपैया खर्चेर विराटनगरको २ स्थानमा पानी पिउने मेशिन जडान गरेको हो ।