विद्युत कटौती विरुद्ध उद्योगी आन्दोलित

  • ब्रह्मदेव यादव, विराटनगर ३१९९६  पटक हेरिएको

आइतबार, बैशाख १०, २०८० समय : १४:०१:०९ , २ वर्ष अगाडि

सुनसरी मोरङ औधोगिक करिडोरमा भईरहेको अनियन्त्रीत विद्युत कटौतीका विरुद्ध पूर्वका उद्योगी आन्दोलित बनेको छ । मोरङ व्यापार संघले अनियन्त्रीत विद्युत कटौतीका विरुद्ध आन्दोलन छेडेको हो । संघले नेपाल विद्युत प्राधिकरण सँग लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न माँग गरे ।

संघले लोडसेडिङ अनुसार उद्योग संचालनदेखि मजदुर कटौतीसम्मको व्यवस्थापन गर्नुपर्ने भएकोले अविलम्ब लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न प्राधिकरणसँग माँग गरे । मोरङ व्यापार संघ विराटनगरका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य नवीन रिजाल, संघका पूर्वअध्यक्ष पवनकुमार सारडा, निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, वरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकासकुमार बेगवानी र अनिल साह, महासचिव अनिल सारडाको नेतृत्वमा उद्योगी मजदुर समलित टोली आइतबार नेपाल विद्युत प्राधिकरणको दुहवी ग्रिडमा धर्ना दिएका छन् ।

उद्योगीले दुहवी ग्रिडका प्रमुख रोशन खड्कालाई लोडसेडिङको कार्यतालिका सार्वजनिक गर्न अल्टिमेटम दिएको छ । संघका पूर्वअध्यक्ष सारडाले यात माँग बमोजिमको विद्युत दिनुपर्‍यो । नभए विद्युत कटौतीको लोडसेडिङ सार्वजनिक गर्नुपर्‍यो भन्दै दुहवी ग्रिडका प्रमुख खड्कालाई अल्टिमेटम पत्र बुझाए ।

सुनसरी मोरङ औधोगिक करिडोरमा प्रत्येक दिन ८ घण्टा भन्दा बढि समय लोडसेडिङ भईरहेको कारण उद्योग धरासाई अवस्थामा पुगेको भन्दै प्राधिकरण र सरकार विरुद्ध अनिश्चितकालिन आन्दोलनको तयारी भईरहेको संघका निवर्तमान अध्यक्ष मुन्दडाले बताए । संघका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य रिजालले भारतसँग विद्युत खरिद गरेर सरकार उद्योगलाई विद्युत आपूत्र्ति गर्न सक्छ । तर फाइलमा नाफा देखाएर बोनस खान पल्किएका प्राधिकरणका कर्मचारी भारतसँग विद्युत खरिद गर्न आनाकानी गरिरहेको रिजालले बताए ।

संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठीले लोडसेडिङको कार्यतालिका सार्वजनिक नगर्ने र जथाभावी विद्युत प्रवाह गर्दा उद्योग चल्न नसक्ने भन्दै प्राधिरण विरुद्ध आक्रोश व्यक्त गरे । दुहवी ग्रिडका प्रमुख रोशन खड्काले कोशी प्रदेशमा प्रत्येक दिन २८० मेगावाट विद्युतको माँग रहेको जसमध्ये २०० मेगावाट मात्रै विद्युत उत्पादन हुँदा प्रत्येक दिन पिक आवरमा बिहान ४ र बेलुका ३ गरी ७ घण्टासम्म लोडसेडिङ भईरहेको बताए ।

उनले नेपालमा रहेको कुलेखानीबाट सुख्खा मौसममा सोचेजति विद्युत उत्पादन हुन नसकेको र भारतको कटैया पावर हाउसबाट माँग गरेजति विद्युत आपूत्र्ति हुननसकेको कारण सुनसरी मोरङ औधोगिक करिडोरमा लोडसेडिङ भईरहेको बताए ।