युद्ध मैदान बन्यो विराटनगर

  • ब्रह्मदेव यादव, विराटनगर ४६८  पटक हेरिएको

शनिबार, बैशाख ०९, २०८० समय : १५:३६:४८ , २ वर्ष अगाडि

शनिबार विराटनगर युद्ध मैदानमा परिणत भएको छ । पहिचानवादी पक्षधर कोशी प्रदेश पुनः नामाकरण संघर्ष समिति र सुरक्षाकर्मी बिच शनिबार दोहोरो भिडन्त हुँदा विराटनगर युद्ध मैदानमा परिणत भएको हो ।

विराटनगरको बास पार्कदेखि दक्षिण मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय रोडशेष चोकसम्मको क्षेत्र शनिबार युद्ध मैदानमा परिणत भएको हो ।

कोशी प्रदेश नामाकरण खारेजीको माँग गर्दै पहिचानवादी पक्षधरले चैत्र ५ गते विराटनगरमा गरेको शक्ति प्रदर्शनको क्रममा पदम लिम्बु लाजेहाङ घाइते भएका थिए । र उनको उपचारकै क्रममा चैत्र १० गते धरानमा मृत्यु भएको थियो ।

कोशी प्रदेश सरकार र केन्द्रिय सरकारले लाजेहाङलाई शहिद घोषणा गर्दै क्षतिपूर्ति दिने निर्णय गरिसकेको छ ।

१ महिना पछि मृक्तक लाजेहाङको शवलाई शनिबार विराटनगर परिक्रमा गराउने क्रममा विराटनगर स्थित मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय नजिक रोडशेष चोकमा आन्दोलनकारी र सुरक्षाकर्मी बिच दोहोरो भिडन्त भएको हो ।

आन्दोलनकारीले शनिबार रोडशेष चोकमा मृक्तक लाजेहाङको शव राखेर श्रद्धाञ्जली सभा गर्ने कार्यक्रम तय गरेको थियो । कोशी प्रदेश सरकारले आन्दोलनकारीलाई श्रद्धाञ्जली सभा गर्ने अनुमति पनि दिएको थियो ।

जिल्ला प्रशासन कार्यालय मोरङको अनुमति लिएर रोडशेष चोकमा श्रद्धाञ्जली सभा गर्न पुगेका आन्दोलकारीहरु आक्रमक रुपमा सुरक्षाकर्मी माथि प्रस्तुत भएपछि दोहोरो भिडन्त सुरु भएको हो । सडकमा ब्यारेक लगाएर बसेका सुरक्षाकर्मी माथि आन्दोलनकारी आक्रमक रुपमा प्रस्तुत हुँदै बोतल पेट्रोल बम सहित लाठिले ब्यारेक र प्रहरी माथि आक्रम शुरु गरेका थिए ।

ब्यारेक तोडेर आन्दोलनकारी मुख्यमन्त्री हिकमतकुमार कार्कीको कार्यालय तर्फ अगाडी बढेपछि सुरक्षाकर्मीले जवाफी कारवाहीमा उत्रिएका थिए । सुरक्षाकर्मीले अशु ग्यास र रबरको गोली आन्दोलनकारी माथि प्रहार गरे । घण्टौ दुवैपक्ष बिच दोहोरो भिडन्त जारी रहर्‍यो ।

सुरक्षाकर्मीले अन्य समयको तुलनामा शनिबार शक्तिशाली तथा कडा अशु ग्यास प्रहार गर्दा आन्दोलनकारी पछाडी हटन बाध्य भएका थिए । र उनिहरु शनिबार विराटनगरमा मृक्तक लाजेहाङको श्रद्धाञ्जली सभा नै नगरिकन शव लिएर फर्किए ।

मोरङ प्रहरीका प्रमुख एसपी दिपक पोखरेलले आन्दोलनकारीको तुलनामा सुरक्षाकर्मी धर्य र सन्यम अपनाउँदा कुनै किसिमको मानवीय क्षती नभएको बताए । शनिबार नै मृक्तक लाजेहाङको मोरङको बेलबारीमा जातिय परम्परा अनुसार अन्तिम संस्कार गरिएको छ ।

आन्दोलनकारी बैशाख ११ गते सोमबारदेखि विराटनगरमा नियमित आन्दोलन गर्ने कार्यतालिका सार्वजनिक गरिसकेको छ । यस अघि आन्दोलनकारीले कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्की, कोशी प्रदेश सभाका सभामुख बाबुराम गौतम सहित विभिन्न निकायमा अल्टिमेटम पत्र बुझाइ सकेको छ ।

पूर्वमन्त्री तथा जनता समाजवादी पार्टी नेपालका नेता रकम चेमजोङ संघिय लोकतान्त्रिक राष्ट्रय मञ्चका अध्यक्ष कुमार लिङदेन, जीवन हाताचो राई, गेल्जे शर्पा, प्रेम येक्तेन लगायत पहिचान पक्षधर नेताहरु शनिबार आन्दोलनमा सहभागिता जनाएका थिए ।