उपेन्द्र यादवको समर्थनमा जनलहर

  • ब्रह्मदेव यादव, विराटनगर ५१८  पटक हेरिएको

शुक्रबार, बैशाख ०८, २०८० समय : १४:०१:५० , २ वर्ष अगाडि

जनता समाजवादी पार्टी नेपालका केन्द्रिय अध्यक्ष तथा पूर्व उपप्रधानमन्त्री उपेन्द्र यादवको समर्थनमा जनलहर ओर्लिएको छ । यादव वारा जिल्लाको निर्वाचन क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेका छन् । सत्ताघटकको गठबन्धनबाट प्रतिनिधि सभा सदस्यमा चुनाव लडेको यादवलाई अत्याधिक मतको साथ विजय गराउन वारामा जनलहर ओर्लिएको हो ।

मधेश प्रदेशमा जनता समाजवादी पार्टी नेपालले सरकारको नेतृत्व गरिरहेको छ । वारा जिल्लाबाटै मधेश प्रदेश सभामा निर्वाचित सरोज यादव मधेश प्रदेशको मुख्यमन्त्री रहेका छन् । र वाराकै रामसाहायप्रसाद यादव नेपालको उपराष्ट्रपति पदमा पुगेको छ । उपेन्द्र यादव वाराबाटै प्रतिनिधि सभा सदस्यमा निर्वाचित भएको खण्डमा वारा जिल्ला सहित समग्र मधेश प्रदेश विकास र समृद्धि तर्फ अगाडी बढ्ने उद्देश्यका साथ वारावासी यादवलाई अत्याधिक मतका साथ विजयी गराउन लागि परेका छन् ।

चुनावी सभामा यादवको भाषण सुन्न हजारौं वारा जिल्लावासीको भिड लाग्ने गरेका छन् । यादव वाराको निर्वाचन क्षेत्र नं. २ मा बसेर चुनावी सभालाई सम्बोधन गरिरहेका छन् । सत्ताघटक नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकिकृत समाजवादी, लोकतान्त्रिक समाजवादी पार्टी, राष्ट्रिय जनमोर्चा पार्टीको समर्थन, जनता समाजवादी पार्टी नेपालका अध्यक्ष तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार यादवलाई रहेका छ ।

नेपाली कांग्रेसका सभापति तथा पूर्व प्रधानन्त्री शेरबहादुर देउवा, नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानन्त्री पुष्पकमल दाहाल प्रचण्ड र नेकपा एकिकृत समाजवादीका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री माधवकुमार नेपालले यादवको चुनावी सभालाई सम्बोधन गरिसकेको छ । सत्ताघटक राजनैतिक दलका शिर्षनेताहरुको सम्बोधनपछि यादवको पक्षमा चुनावी वातावरण तयार भएको छ । र अत्याधिक मतका साथ यादवको विजय सुनिश्चित बनेको छ ।

वारा–२ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित रामसहायप्रसाद यादव नेपालको उपराष्ट्रपति पदमा पुगेपछि रित्त भएको निर्वाचन क्षेत्र वारा–२ मा बैशाख १० गते उपनिर्वाचन हुँदैछ । वारा–२ बाट नेकपा एमालेले पुरुषोत्तम पौडेल, जनमत पार्टीले शिवचन्द्र कुशवाहा, राष्ट्रिय स्वतन्त्र पार्टीले रमेश खरेल, राप्रपाले सोनेलाल यादव, हाम्रो नेपाली पार्टीले चन्द्रप्रकाश सुवेदी, नेपाल मजदुर किसान पार्टीले मुक्ती यादव, नागरिक उन्मुत्ती पार्टीले कामरुल्लाह अन्सारीलाई उम्मेदवार बनाएको छ ।

उपेन्द्र यादवको प्रचार प्रसारमा सक्रिय जनता समाजवादी पार्टी नेपालका केन्द्रिय सदस्य तथा कोशी प्रदेश सरकारका पूर्वस्वास्थ्य मन्त्री जयराम यादवले अत्याधिक मतका साथ उपेन्द्र यादव विजयी हुने प्रतिकृया दिएको छ ।