उद्योग संगठन मोरङमा यसरी छनौंट हुँदैछ पदाधिकारी

  • चिरफार डटकम, विराटनगर ६७५  पटक हेरिएको

बिहिबार, बैशाख ०७, २०८० समय : १५:५१:०५ , २ वर्ष अगाडि

नन्दकिशोर राठी, उद्योग संगठन मोरङको १६औं कार्यसमितिको अध्यक्ष पदको नेतृत्व सम्हालदै छ । राठी वर्तमान १५औं कार्यसमितिमा उपाध्यक्ष पदमा कार्यरत छ । राठी संगठनको बरियता क्रमम अनुसार बरिष्ठ उपाध्यक्ष नभई एकैपटक अध्यक्ष पदको नेतृत्व सम्हाले गरी जोडतोडका साथ चुनावी मैदानमा होमिएको छ ।

संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका र साधारण सदस्य राकेश सुराना अध्यक्ष पदमा चुनाव लड्ने तयारीमा जुटेको छ । संगठनमा २३७ जना सदस्य रहेका छन् । संगठनका अधिकांश सदस्य र पूर्व अध्यक्ष राठीको पक्षमा रहेको छ । जसको कारण राठी बरिष्ठ उपाध्यक्ष नभई एकैपटक अध्यक्ष पदको नेतृत्व हातपार्ने उद्देश्यका साथ अगाडी बढेको छ ।

संगठनको कार्यसमितिको बैठकले यही बैशाख २९ गते ५० औं साधारण सभा र ३० गते १६औं कार्यसमिति गठनकालागि निर्वाचन गराउने निर्णय गरेको छ । संगठनमा बरियताक्रम अनुसार १६ औं कार्यसमितिमा राजकुमार गोल्छा बरिष्ठ उपाध्यक्ष, भोलेश्वर दुलाल (भोला) उपाध्यक्ष र बिपिन काबरा उपाध्यक्ष बन्ने टुङ्गो लागेको छ ।

गोल्छा र दुलाल वर्तमान १५औं कार्यसमितिमा उपाध्यक्ष रहेका छन् । काबरा कोषाध्यक्ष पदमा कार्यरत छ । संगठनमा ३ जना उपाध्यक्ष रहने व्यवस्था गरिएको छ ।