बैशाख ३० गते उद्योग संगठन मोरङको निर्वाचन

  • चिरफार डटकम, विराटनगर ४७४  पटक हेरिएको

बुधबार, बैशाख ०६, २०८० समय : १३:५२:०१ , २ वर्ष अगाडि

२०८० साल बैशाख ३० गते उद्योग संगठ मोरङको १६औं कार्यसमितिका लागि निर्वाचनको मिति तय गरिएको छ । संगठनका अध्यक्ष सुयस प्याकुरेलको अध्यक्षतामा बसेको कार्यसमितिको बैठकले बैशाख ३० गते १६औं कार्यसमितिको लागि निर्वाचन गराउने मितिको टुङ्गो लगाएको हो । बैशाख २९ गते उद्योग संगठन मोरङको ५० औं साधारण सभा गर्ने मिति तय गरिएको छ । २९ गते साधारण सभा सकिएपछि लगतै ३० गते १६औं कार्यसमिति चयनकालागि निर्वाचनको मिति टुङ्गो लगाएको अध्यक्ष प्याकुरेलले बताए ।

संगठनको आगामी अध्यक्षताकालागि नन्दकिशोर राठीले दावेदारी प्रस्तुत गरेको छ । राठी वर्तमान कार्यसमितिमा उपाध्यक्ष रहेका छन् । बुधबार चिरफार डटकम संग कुरागर्दै राठीले भने ः म १४ बर्षभन्दा बढि समयदेखि संगठनमा बसेर काम गरिरहेको छु । संगठनमा कार्यसमिति सदस्य, कोषाध्यक्ष र उपाध्यक्ष पदको जिम्मेवारीमा रहँदा संगठनको हक हित र उद्योगी व्यवसायको पक्षमा काम गरेको छु । र मलाई संगठनमा आवद्ध २३७ मध्ये अधिकांश सदस्यको समर्थन रहेको छ । र म अध्यक्ष पदको बलियो उम्मेदवार रहेको छु ।

म अध्यक्ष पदकालागि अगाडी बढिसकेकोले पछाडी फर्कन सक्ने अवस्था नरहेको बताए । संगठनका बरिष्ठ उपाध्यक्ष प्रदिप मुरारका र साधारण सदस्य राकेश सुराना अध्यक्ष पदको दौडमा रहेको छ । उद्योग संगठन मोरङको ईतिहासमा सर्वसम्मत रुपमा कार्यसमितिका पदाधिकारी चयन गर्ने परम्परा छ । १५ औं कार्यसमिति गठन गर्ने बेलामा बरिष्ठ उपाध्यक्ष पदबाहेक कार्यसमितिको पदाधिकारी र सदस्य पद सर्वसम्मत रुपमा चयन भएको थियो ।

बरिष्ठ उपाध्यक्ष पदमा मुरारका र सुरानाको भिडन्त भएको थियो । र झिनो मतको अन्तरले सुरानालाई पराजित गरेर मुरारका बरिष्ठ उपाध्यक्ष पदमा निर्वाचित भएका थिए । संगठनमा बरिष्ठ उपाध्यक्ष स्वतह अध्यक्ष निर्वाचित हुने व्यवस्था छ । तर त्यसको लागि संगठनका सम्पूर्ण सदस्यहरुको समर्थन प्राप्त गर्नुपर्छ । उद्योगी व्यवसायी सँग आवद्ध संघसंस्थाहरुमा बरिष्ठ उपाध्यक्ष भईसकेका व्यक्ति अध्यक्ष हुन नसकेको प्रसस्त उदाहरण छ । र मुरारकाको हकमा अन्य संघसंस्थाले कायम गरेको नजिर लागुहुन लागेको अवस्था छ ।