कोशी प्रदेशमा सबै राजनीतिक दल मिलेर सरकार बनाऔं : मुख्यमन्त्री कार्की

  • ब्रह्मदेव यादव, विराटनगर ४०४  पटक हेरिएको

मंगलबार, बैशाख ०५, २०८० समय : १६:०२:२५ , २ वर्ष अगाडि

कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले सबै राजनीतिक दललाई मिलेर सरकार बनाउन आवहान गरेको छ । कोशी प्रदेश सभामा ६ राजनैतिक दलको प्रतिनिधित्व छ । जसमध्ये नेकपा एमाले, नेकपा माओवादी केन्द्र, राष्ट्रिय प्रजातन्त्र पार्टी र जनता समाजवादी पार्टी नेपाल सरकारमा सहभागि छन् । नेपाली कांग्रेसर र नेकपा एकिकृत समाजवादी सरकार बाहिर छ । ९२ सदस्य कोशी प्रदेश सभामा ४ दलको ५९ सांसदको सरकारमा छ ।

नेपाली कांग्रेसका २९ र नेकपा एकिकृत समाजवादीका ४ गरी ३३ सांसद सरकार बाहिर छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले १०० दिन पुरा गरेको छ । र १०० दिनभित्र सरकारले गरेको कामको उपलब्धी सार्वजनिक गर्न मंगलबार मुख्यमन्त्री तथा मन्त्री परिषदको कार्यालय कोशी प्रदेश सरकारले आयोजना गरेको कार्यक्रममा मन्त्री परिषदका सदस्यहरुको उपस्थितिमा मुख्यमन्त्री कार्कीले जबसम्म प्रदेशमा कुनै एक दलको स्पष्ट बहुमत आउँदैन, तबसम्म सबै राजनैतिक दललाई मिलेर सरकार चलाउन आवहान गरेको छ ।

कोशी प्रदेशमा यस अघि १३ सदस्य मन्त्री मण्डल र मन्त्रालय रहेका थिए । मुख्यमन्त्री कार्की नेतृत्वको सरकारले त्यसलाई घटाएर ९ सदस्य मन्त्री मण्डल र ९ वटा मन्त्रालयको संख्या कायम गरेको छ । जसमध्ये ७ सदस्य मन्त्री मण्डलले काम गरिरहेके छ । कोशी प्रदेश सरकारसँग आर्थिक मामिला तथा योजना मन्त्रालय र आन्तरिक मामिला तथा कानुन मन्त्रालय खाली छ ।

कोशी प्रदेश सरकारले १०० दिनको उपलब्धी गनाई रहँदा २ मन्त्रालय अहिलेसम्म मन्त्री विहिनको अवस्थामा छ । कोशी प्रदेश सरकारका मुख्यमन्त्री कार्कीले सरकार बाहिर रहेको नेपाली कांग्रेस र नेकपा एकिकृत समाजवादीलाई सरकारमा सहभागि गराउँन २ मन्त्रालय खाली राखेको जानकारी गराए ।

कोशी प्रदेशलाई समृद्ध प्रदेश बनाउने हो भने प्रदेश सभामा प्रतिनिधित्व गरिरहेका सबै राजनैतिक दललाई सरकारमा सहभागि हुन मुख्यमन्त्री कार्कीले आवहान गरेको छ । कोशी प्रदेशमा सबै राजनैतिक दल मिलेर सरकार गठन र संचालन ग¥यो भने देशमा नयाँ सन्देशको प्रवाह हुन्छ । र यसले सत्ताकोलागि मरिमेटने राजनैतिक दललाई पाठ सिक्न मद्दत पुग्छ । आफु यही उद्देश्यकासाथ अगाडी बढेको मुख्यमन्त्री कार्कीले बताए ।