- चिरफार डटकम, विराटनगर ४५९ पटक हेरिएको
सोमबार, बैशाख ०४, २०८० समय : १८:३१:४७ , २ वर्ष अगाडि
नेपाली कांग्रेस विराटनगरको टोली तनहुका मतदातासँग भोट मागी रहेका छन् । नेपाली कांग्रेसले प्रतिनिधि सभा सदस्यकालागि तनहु निर्वाचन क्षेत्र नं. १ बाट गोविन्द भट्टराईलाई उम्मेदवार बनाएको छ । भट्टराईलाई अत्याधिक मतले विजय गराउन नेपाली कांग्रेस विराटनगरको टोली तनहु पुगेर मतदातासँग भोट माग्न व्यस्त छ ।
नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा विराटनगर महानगरपालिकाका पूर्व मेयर भीम पराजुलीको नेतृत्वमा विराटनगरको टोली तनहु पुगेको हो । टोलीमा नेपाली कांग्रेसका यूवा नेता अरुण न्यौपाने, प्रविण जोशी र विनायक पन्त रहेका छन् । तनहु जिल्लाको निर्वाचन क्षेत्र नं. १ बाट प्रतिनिधि सभा सदस्यमा निर्वाचित वरिष्ठ नेता रामचन्द्र पौडेल, संघिय गणतन्त्र नेपालको तेस्रो राष्ट्रपतिमा निर्वाचित भएपछि सो निर्वाचन क्षेत्र रिक्त हुन पुगेको छ । र ति निर्वाचन क्षेत्रमा बैशाख १० गते निर्वाचन हुँदैछ ।
नेपाली कांग्रेसले पार्टीका पुराना, त्यागी र अनुभवी नेता गोविन्द भट्टराईलाई तनहुबाट प्रतिनिधि सभा सदस्यको उम्मेदवार बनाएको छ । र उनलाई अत्याधिक मतका साथ विजयी गराउन मेचीदेखि महाकालीसम्मका नेपाली कांग्रेसका नेताहरु तनहु पुग्ने क्रम जारी छ । यही क्रममा नेपाली कांग्रेस विराटनगरको टोली तनहु पुगेको हो । तनहु सँगै चितवन र बारामा उपनिर्वाचन हुँदैछ । नेपाली कांग्रेस विराटनगरको टोली तनहुबाट चितवन पुगेर उम्मेदवारको पक्षमा मत माग्ने कार्यक्रम रहेको छ ।