- चिरफार डटकम, विराटनगर ५४९ पटक हेरिएको
आइतबार, बैशाख ०३, २०८० समय : १५:१७:५२ , २ वर्ष अगाडि
कोशी प्रदेश सरकारका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विराटनगरलाई पहाडी जिल्लासँग जोड्ने अभियानमा लागेको धारणा व्यक्त गरेका छन् । विराटनगर महानगरपालिकालाई पूर्ण खोप सुनिश्चितता पालिका घोषणा सभामा आइतबार मुख्यमन्त्री कार्कीले भने विराटनगर विमानस्थललाई पहाडी जिल्लाको विमानस्थलसँग जोड्ने गरी ३ हजार घनमिटरको धावन मार्ग निर्माण गर्ने सङ्कल्पका साथ काम गरिरहेको छ ।
३ तहकै सरकारले विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाउने साँझा साझेदारको रुपमा अगाडी आएको छ । तर संघिय सरकारले विराटनगर विमानस्थल स्तर उन्नतिको लागि रोक्का गरेको सर्वसाधारणको जग्गालाई केहीदिन अगाडी फुकुवा गरेको प्रति आपत्ति प्रकट गरे ।
कोशी प्रदेश सरकार विराटनगरलाई अन्तर्राष्ट्रिय विमानस्थल बनाएर प्रदेशलाई समृद्धि तर्फ अगाडी बढाउन चाहन्छ । तर पछिल्लो समय कोशी प्रदेशलाई समृद्धि तर्फ अगाडी बढ्न नदिन संघिय सरकार बाधक भएर अगाडी आएको मुख्यमन्त्री कार्कीले बताए ।
विराटनगर विमानस्थल र विराटनगर रिंगरोडलाई पूर्णता दिन संघिय सरकारले एक मुस्ट बजेट विनियोजन गर्ने पर्ने मुख्यमन्त्री कार्कीको धारणा छ ।