तीन नेपाली भारतीय प्रहरीको हिरासतमा

  • चिरफार डटकम, विराटनगर ३४१  पटक हेरिएको

बुधबार, चैत्र २९, २०७९ समय : १५:३३:२६ , २ वर्ष अगाडि

मदिरा सेवन गरेको आरोपमा ३ जना नेपालीलाई भारतीय प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ । पक्राउ पर्नेमा विराटनगर–१ नेता चोकका अक्षय शर्मा, विराटनगर–५ त्रिमुर्ती चोकका योगेश कार्की र दुहवीका लावबाबु भगत रहेका छन् ।

मंगलबार ३ नै जना नेपालमा अत्याधिक मात्रामा मदिरा सेवन गरेर जोगबनीमा होहल्ला गर्ने क्रममा जोगबनी प्रहरीले पक्राउ गरेर मदिरा सेवन ऐन बमोजिम कारवाही चालएको छ । भारतको विहार सरकारले मदिरा विक्री र सेवनमा रोक लगाएको छ ।

मदिरा सेवन विक्री गर्नेलाई मात्र होइन सेवन गर्नेलाई पनि विहार सरकारले कारवाही गर्ने गरेको छ । जसको कारण प्रत्येक दिन सयौं भारतीय नागरिक मदिरा सेवान गर्न नेपाल आउँने गरेको छ । तर मंगलबार नेपालमै मदिरा सेवन गरेर जोगबनी पुगेका ३ जना नेपालीलाई जोगबनी प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ ।
ईलाका प्रहरी कार्यालय रानीका प्रमुख प्रहरी निरिक्षक प्रकाश रेग्मीले जोगबनीमा पक्राउ परेको नेपालीको बारेमा आफुकहाँ सूचना आइनपुगेको बताए ।