- चिरफार डटकम, विराटनगर ६५८ पटक हेरिएको
आइतबार, चैत्र १९, २०७९ समय : १४:३४:४८ , २ वर्ष अगाडि
मोरङ व्यापार संघ विराटगनरका अध्यक्ष नविन रिजालले नेपाल उद्योग वाणिज्य महासंघको केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गरेका छन् । मोरङ व्यापार संघको बोर्ड बैठकले अध्यक्ष रिजाललाई महासंघको केन्द्रिय सदस्यको उम्मेदवार बनाउने सर्वसम्वत निर्णय गरेको छ ।
रिजाललाई संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, पूर्वअध्यक्ष महेश जाजु, पवनकुमार सारडाको समर्थन रहेको छ । रिजाललाई कोशी प्रदेश उद्योग वाणिज्य संघसंस्था सँग आवद्ध अधिकांश उद्योगी व्यवसायीको समर्थन रहेको छ ।
यही चैत्र २८ र २९ गते महासंघको काठमाडौंमा केन्द्रिय अधिवेशन हुदैछ । जसकालागि चैत्र २१ गते उम्मेदवारी दर्ता गर्ने कार्यतालिका सार्वजनिक गरिएको छ । संघका अध्यक्ष रिजाल केन्द्रिय सदस्यमा उम्मेदवारी दिने घोषणा गर्दै उद्योगी व्यवसायी सँग मत माग्न व्यस्त छ ।
यसै बिच महासंघको केन्द्रिय अधिवेशनमा जिल्लाबाट खुल्ला केन्द्रिय सदस्यकालागि आधा दर्जन भन्दा बढिले उम्मेदवारी दिने तयारी गरेको छ । नेपाल उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्य तथा कोशी प्रदेश समिति अध्यक्ष बरिष्ठ उद्योगी राजेन्द्र राउतले उदयपुरबाट प्रयास कार्की, उर्लाबारीबाट भरत भट्टराई, दमकबाट गोकुल श्रेष्ठ, विर्तामोडबाट उमेश डालमिया, पाँचथरबाट दिपक नेपाल र तापलेजुङबाट तारा घिमिरेले उम्मेदवारी दिने जानकारी गराएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघको ५७औं साधारण सभा तथा केन्द्रिय अधिवेशनमा कोशी प्रदेशबाट केन्द्रिय सदस्यका सबै खुल्ला तर्फका उम्मेदवार रहेको राउतले बताए ।