- चिरफार डटकम, विराटनगर ६१३ पटक हेरिएको
शुक्रबार, चैत्र १७, २०७९ समय : १८:०४:५० , २ वर्ष अगाडि
विराटनगर भन्सार कार्यालयले ३ दिन भित्र बाँकी बक्यौता रकम नबुझाए भन्सार एजेन्टको कारोबार रोक्का गर्ने चेतावनी दिएको छ । विराटनगर भन्सार कार्यालयका कम्प्यूटर अधिकृत अरुण पौडेलले चैत्र १६ गते बाँकी बक्यौता रकम बुझाउन एजेन्टलाई पत्र थमाएको छ । १८ गते भित्र बाँकी बक्यौता रकम नबुझाए १९ गतेदेखि भन्सार कार्यालयमा सामान जाँचपास गराउन नपाउने एजेन्टलाई पत्रचार गरेको छ ।
विराटनगर भन्सार कार्यालयबाट माल वस्तु जाँच पास गराउँन आशिकुडा वल्र्ड लागु भएदेखि एजेन्टहरुले जाँचपास गराएको सामान प्रज्ञापन पत्र कार्यालयको कम्प्यूटर प्रणालिमा नदेखिएकोले तत्कालै जाँच पास गराई बाँकी बक्यौता देखिएका प्रज्ञापन पत्र ३ दिनभित्र फरक फारक नगराए कारोवार रोक्का गर्ने पौडेलले जारी गरेको सूचनामा उल्लेख गरिएको छ ।
विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकालले भन्सार एजेन्ट, एजेन्ट प्रतिनिधि र उद्योग प्रतिनिधिको नाममा मोटो रकम बाँकी बक्यौता देखिएकोले ति रकम असुली गर्न कम्प्यूटर अधिकृत पौडेल मार्फत सूचना जारी गरेर एजेन्ट सँग रकम असुली गर्ने नयाँ उपायको खोजी गरेको छ ।