- चिरफार डटकम, विराटनगर ४५९ पटक हेरिएको
आइतबार, चैत्र १२, २०७९ समय : १७:१७:१८ , २ वर्ष अगाडि
विराटनगर महानगरपालिकाले जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगर अगाडीको सडकपेटी आइतबारदेखि खाली गराएको छ । यस अघि मोरङ ट्राफिक प्रहरीले कारवाही गरेका र आफुले चलाउने मोटरसाईकललाई कार्यालय अगाडीको सडकपेटीमा पाकिङ्ग गरेर राख्ने गरेका थिए ।
जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङ विराटनगरका प्रमुख प्रहरी निरिक्षक सुनिलकुमार श्रेष्ठलाई सँगै राखेर मेयर नागेश कोइरालाले यस्तो कठोर निर्णय लिएको छ । विराटनगर महानगरपालिकाले महानगर क्षेत्रको सडक पेटीलाई पाकिंङ्ग निषेधित क्षेत्र घोषणा गरी सकेको छ । तर मोरङ ट्राफिक प्रहरी कार्याल अगाडीको सडकपेटीमा प्रहरीले नै मोटरसाईकल पाकिंङ्ग गरीरहदाँ त्यसको खुबै आलोचना भईरहेको थियो ।
मेयर नागेश कोइरालासहित महानगरपालिका डेढ दर्जनभन्दब बढि नगरप्रहरी आइतबार बिहान मोरङ ट्राफिक प्रहरी कार्यालय अगाडी पुगेर सडकमा राखिएको मोटरसाईकललाई हटाएर कार्यालय अगाडीको सडक पेटीलाई पाकिंङ्ग निषेधित क्षेत्र घोषणा गरेको छ ।
मोरङ ट्राफिक प्रहरी कार्यालय परिसरमा विभिन्न समयमा पक्राउ गरेर राखिएका १०० भन्दाबढि पुराना मोटरसाईकललाई मोरङ ट्राफिकले आइतबार नै हटाएर हाटखोला प्रहरी कार्यालयको परिसरको पाकिंङ्गमा पुर्याएको छ ।
मोरङ ट्राफिक प्रहरी कार्यालयले आइतबार दिनभरी लगाएर ट्याक्टरमा हालेर पुराना मोटरसाईकललाई हाटखोला पुर्याएका थिए । र खाली भएको कार्यालय परिसरमा ट्राफिक प्रहरीको मोटरसाईकल पाकिंङ्गको व्यवस्था गरेको छ ।
मोरङ ट्राफिक प्रहरी कार्यालय प्रमुख श्रेष्ठले विराटनगर महानगरपालिकाले चालेको सौन्दर्य तथा सफा सहर अभियानमा आफुले समर्थन गरेको बताए ।