मोरङ व्यापार संघको सुझावलाई कार्यान्वयन गराउन पहल गर्छु- भारतीय राजदुत श्रीवास्तव

  • चिरफार डटकम, विराटनगर ५६२  पटक हेरिएको

बुधबार, चैत्र ०८, २०७९ समय : २२:०७:४१ , २ वर्ष अगाडि

नेपालकालागि भारतीय राजदुत नविन श्रीवास्तवले मोरङ व्यापार संघको सुझावलाई कार्यान्वयन गराउन पहल गर्ने प्रतिवद्धता व्यक्त गरेका छन् । मोरङ व्यापार संघका अध्यक्ष नविन रिजालले औधोगिक तथा व्यापारीक क्षेत्रको समस्यालाई समाधान गराउने गरी बुधबार विराटनगरमा भारतीय राजदुर श्रीवास्तवलाई ज्ञापन पत्र बुझाएका छन् ।

जवाफमा राजदुत श्रीवास्तवले संघले उठान गरेको समस्यालाई भारत सरकार समक्ष पुर्‍याएर समाधान गराउने प्रतिवद्धता व्यक्त गरे । भारतीय राजदुत श्रीवास्वले भारत नेपालसँग मिलेर काम गर्न तयार रहेको बताए । भारत र नेपाल एकअर्काको परिपुरक रहेकोले दुई देशको विकासकालागि भारत जहिले पनि नेपालसँग सहकार्य गरेर अगाडी बढ्ने बताए ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडाले करिव ३ बर्ष अगाडी विराटगरबाट भारतीय दुतावासको सम्पर्क कार्यालय हटिसकेकोले उद्योगी तथा व्यवसायीलाई सानो कामका लागि काठमाडौं जानुपर्ने अवस्था सृजना भएकोले पुनः विराटनगरमा भारतीय दुतावसको सम्पर्क कार्यालय सञ्चालनमा ल्याउन पहल गरिदिन राजदुत श्रीवास्तवलाई आग्रह गरे ।

जवाफमा राजदुत श्रीवास्तवले विराटनगरमा भारतीय दुतावासको सम्पर्क कार्यालय पुनः सञ्चालनमा ल्याउन पहल गर्ने बताए । तर त्यसका लागि नेपाल सरकारले स्वकृती दिनु पर्ने अवस्था रहेको राजदुत श्रीवास्तवले बताए ।

संघका निवर्तमान अध्यक्ष मुन्दडाले विराटनगरमा दुतावासको सम्पर्क कार्यालय नहटिसकेको भए २ बर्ष अगाडी नै भारत बथनाहको मिरगंज पुल सञ्चालनमा आइसक्ने बताए । दुतावासको सम्पर्क कार्यालय विराटनगरमा नहुँदा उद्योगी व्यवसायीलाई समस्या परेकोले विराटनगरमा पुनः दुतावासको आवश्यकता रहेको बताए ।

कार्यक्रमा संघका उपाध्यक्ष विकासकुमार बेगवानीले १० बर्ष यता संघका पदाधिकारीहरुले भारतका प्रधानमन्त्री नरेन्द्र मोदीदेखि भारत केन्द्रीय र राज्य सरकारका मन्त्रीहरुलाई समय समयमा समस्या समाधानको लागि बुझाएको ज्ञापन पत्र सहित फोटोको वृत्तचित्र राजदुत श्रीवास्तवलाई देखाएका थिए ।

कार्यक्रमा मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, नेपाल उद्योग परिसंघ कोशी प्रदेशका अध्यक्ष भीम घिमिरे, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, संघका पूर्वअध्यक्ष पवन सारडा, महेश जाजु, सुरेशकुमार शर्मा, ताराचन्द खेतान, नन्दकिशोर राठीले भारतीय राजदुत श्रीवास्तवलाई स्वागत तथा सम्मान गरेका थिए ।

कार्यक्रमा महिला उद्यमी श्रुती शर्मा, बन्दना जैन, संघका वरिष्ट उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष अनिलकुमार साह, सचिव संजय श्रेष्ठ, कार्यसमिति सदस्य अमित सारडा, गोपाल अग्रवाल, मनिस मारु, विनित सिंघानीयाले राजदुत श्रीवास्तवालाई स्वागत गरेका थिए ।