विराटनगर भन्सारमा अधिकृतको पर्सनल आईडी दुरुपयोगको विषयमा छानविन सुरु

  • चिरफार डटकम, विराटनगर ४९८  पटक हेरिएको

सोमबार, चैत्र ०६, २०७९ समय : १५:३२:०६ , २ वर्ष अगाडि

विराटनगर भन्सार कार्यालयमा भन्सार अधिकृत अंकित शर्माको पर्सनल आईडी दुरुपयोग भएको विषयमा छानविन सुरु भएको छ । भन्सार अधिकृत शर्माको पर्सनल आईडी दुरुपयोग गरेर एक जना भन्सार एजेन्टले सामान छुटाएको छ ।

भन्सार अधिकृत शर्मालाई थाहा नै नदिकन उनको पर्सनल आईडी प्रयोग गरेर सामान छुटाएको विषयलाई गम्भिर रुपमा लिदै विराटनगर भन्सार कार्यालयले आइतबारदेखि अनुसन्धान थालेको हो ।

विराटनगर भन्सार कार्यालयका प्रमुख ज्ञानेन्द्रराज ढकाल काठमाडौंमा भएको बेला भन्सार अधिकृत शर्मा सामान जाँचपास गर्न भन्सार गोदाममा रहेकोबेला भन्सार अधिकृत शर्मालाई थाहा नै नदिइकन एक जना भन्सार एजेन्टले उनको पर्सनल आईडी प्रयोग गरेर सामान छुटाउन सफल भएका छन् ।

कार्यालयबाट आफुलाई थाहा नै नदिइकन आफ्नो नामबाट सामान छुटेपछि शर्मालाई समेत शंकाको घेरामा राखेर विराटनगर भन्सार प्रशासनले अनुसन्धान सुरु गरेको हो । सोमबार चिरफार डटकम सँग कुरा गर्दै भन्सार अधिकृत शर्माले कार्यालयमा जडान गरिएका सीसी टिभी फुटेजलाई आधार बनाएर सामान छुटाउने भन्सार अधिकृतको बारेमा छानविन भईरहेको बताए ।