कटहरी र धनपालथानको जग्गा कित्ताकाट खुलेन

  • ... ४३४८  पटक हेरिएको

मंगलबार, पुष १९, २०७९ समय : १५:०२:३९ , २ वर्ष अगाडि

  • ब्रह्ममदेव यादव, विराटनगर

मोरङ जिल्लाको कटहरी र धनपालथान गाउँपालिकाको जग्गा कित्ताकाट खुन्न सकेको छैन । जग्गा कित्ताकाट खुल्न नसक्दा स्थानिय सरकारले जग्गा कित्ताकाटबाट प्राप्त गर्ने गरेको मोटो रकम राजश्व गुमिरहेको छ । जसको कारण रकमको अभावमा गाउँपालिकाको विकास निर्माणको कार्य प्रभावित भइरहेको छ । तर पनि कटहरी र धनपालथान गाउँपालिकाका जनप्रतिनिधिहरु जग्गाको वर्गिकरण गर्न आनाकानी गरिरहेको छ । जग्गा विक्री तथा खरीद गरेवापत सर्वसाधरणले बुझाएको रजिष्टेशन शुल्क वापतको राजश्वको ४० प्रतिशत प्रदेश सरकार र ६० प्रतिशत रकम स्थानिय तह सरकारले प्राप्त गर्ने गरेको मालपोत कार्याल मोरङ विराटनगरका प्रमुख दिपक कोइरालाले बताए ।

गत आर्थिक बर्ष २०७८÷०७९ मा मालपोत कार्यालय मोरङ विराटनगरले आफ्ना मातहतका ६ स्थानिय तहको जग्गा विक्रीको रष्जिटेशन शुल्क वापत १ अर्ब २५ कारोड भन्दा बढि रकम राजश्व असुली गरेको थियो । मालपोत कार्यालय मोरङ विराटनगरका प्रमुख कोइरालाले विराटनगर महानगरपालिका, बुढिगंगा, ग्रामथान, जहदा, कटहरी र ग्रामथान गाउँपालिकाको जग्गा विक्री वापत प्राप्त रजिष्टेशन शुल्क झण्डै सवा अर्ब रुपौया राजश्व संकलन गरेको बताए ।
विराटनगर महानगरपालिका, बुढिगंगा ग्रामथान र जहदा गाउपालिकाले कृषि र गैरकृषि गरी दुई किसिमले जग्गाको वर्गिकरण गरेर मालपोत कार्यालय मोरङ विराटनगरमा फाइल पठाइसकेकोले यी ४ स्थाननिय तहको जग्गाको विक्री सुरु भई सकेको छ । कटहरी र धनपालथानले जग्गा वर्गिकरण गरेर फाइल पठाइनसकेकोले जग्गाको कित्ताकाट सुरु हुन सकेको छैन ।

कटहरी र धनपालथानमा कित्ताकाट नभई ससिम जग्गा विक्री हुने गरेकोले रजिष्टेशन शुल्क वापत कम राजश्व असुली हुने गरेकोले स्थानिय तहले कम राजश्व पाउँदा विकास निर्माणदेखि जनताको काम प्रभावित भईरहेको छ । जनता सेवा सुविधाबाट वञ्चित भइरहेको भए पनि जनप्रतिनिधि जोडतोगका साथ जग्गा वर्गिकरणमा ध्यान नदिदा कटहरी र धनपालथानको जग्गा वर्गिकरणमा ढिलाई भइरहेको छ । यस तर्फ अविलम्ब कटहरी र धनपालथान गाउँपालिकाका जनप्रतिनिधिहरुले जग्गा वर्गिकरणको टुङ्गो लगाउन टडकारो अवस्था छ ।