मोरङ व्यापार संघको पहलमा राष्ट्र बैंकको केन्द्रिय कार्यालय काठमाडौंमा धर्ना

  • चिरफार डटकम, विराटनगर ६५३  पटक हेरिएको

सोमबार, फाल्गुण २९, २०७९ समय : १४:४२:४५ , २ वर्ष अगाडि

मोरङ व्यापार संघको पहलमा काठमाडौं केन्द्रित आन्दोलन सुरु भएको छ । संघका अध्यक्ष नविन रिजालको नेतृत्वमा उद्योगी तथा व्यवसायीले सोमबार काठमाडौंको बालुवाटारस्थित नेपाल राष्ट्र बैंको केन्द्रिय कार्यालयमा धर्ना दिएका छन् ।

फागुन २७ गते मोरङ व्यापार संघको पहलमा काठमाडौंमा भेला भएका देश भरीका नेपाल उद्योग वाणिज्य संघसँग आवद्ध पदाधिकारीहरुले चर्के बैंक ब्याजदर र नेपाल राष्ट्र बैंकको गलत नितिका विरुद्ध काठामाडौं केन्द्रित आन्दोलन गर्ने निर्णय गरेको थियो । र भेलालले मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाललाई आन्दोलनको संयोजक तोकेको छ ।

संघका निवर्तमान अध्यक्ष प्रकाश मुन्दडा, बरिष्ठ उपाध्यक्ष अनुपम राठी, उपाध्यक्ष विकाश बेगवानी, कार्यसमिति सदस्य गोपाल अग्रवाल, मनिष मारु र विनित सिंघानियाले अध्यक्ष रिजाललाई आन्दोलनमा साथ दिइरहेका छन् । संघका अध्यक्ष रिजालले चर्को बैंक ब्याजदर विरुद्ध नेपाल राष्ट्र बैंकले अविलम्बन गरेको गलत निति परिमार्जन नभएसम्म काठमाडौं केन्द्रित आन्दोलन जारी रहने उदघोष गरेका छन् ।

मोरङ व्यापार संघले काठमाडौंमा जारी राखेको आन्दोलनमा सहभागि हुन विराटनगरका उद्योगी व्यवसायी काठमाडौं जाने क्रम जारी छ । संघका प्रमुख प्रशासकिय अधिकृत कृष्ण रेग्मीले सोमबार नेपाल राष्ट्रय बैंकको धर्नापछि थप आन्दोलनको कार्यक्रम घोषणा गर्ने बताए ।