- चिरफार डटकम, विराटनगर ४८८ पटक हेरिएको
बिहिबार, फाल्गुण २५, २०७९ समय : २२:२४:३१ , २ वर्ष अगाडि
मोरङ व्यापार संघमा अन्तर्राष्ट्रिय योग प्रशिक्षक ढाकाराम सापकोटाले विराटनगर बासीलाई योग प्रशिक्षण प्रदान गरेका छन् ।
मोरङ व्यापार संघको महिला उद्यम समिति र पतंजली योग विराटनगर महानगर समितिले संयुक्त रुपमा बुधबार र बिहीबार गरी दुई दिने योग प्रशिक्षणको आयोजना गरेका थिए ।
संघका बरिष्ठ उपाध्यक्ष अनुपम राठी, सचिव संजय श्रेष्ठ, महिला उद्यम समितिका अध्यक्ष बन्दना जैन, संघका प्रमुख प्रशासकिय अधिकृत कृष्ण रेग्मी, संघका अधिकृत विनय लाभदेखि उद्योगी व्यवसायी संचारकर्मी र योगसँग आवद्ध योग प्रशिक्षकहरुको प्रशिक्षणमा सहभागिता रहेको थियो ।