होलीमा ९५ जनाले मादकपदार्थ सेवन गरेर मोटरसाईकल कुदाए

  • चिरफार डटकम, विराटनगर ३०३  पटक हेरिएको

बुधबार, फाल्गुण २४, २०७९ समय : १४:५७:२१ , २ वर्ष अगाडि

२०७९ सालको होली पर्वको दिन मंगलबार मोरङ जिल्लामा ९५ जनाले मादकपदार्थ सेवन गरेर मोटरसाईकल कुदाएका छन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङले मादकपदार्थ सेवन गरेर मोटरसाईकल कुदाएका ९५ मध्ये ६५ जनालाई बुधबारसम्म १/१ हजार रुपैयाँ जरिवाना गरेर छोडिएको छ ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मोरङमा प्रमुख प्रहरी निरीक्षक सुनिलकुमार श्रेष्ठले होली पर्वको दिन ३ जनासम्म मोटरसाईकलमा चढेको, आवश्यकता भन्दा बढि गतिमा मोटरसाईकल कुदाएको तर एउटा मोटरसाईकलले अर्को मोटरसाईकललाई ओभरटेक गरेको फेलापारेपछि ३ सय ७३ वटा मोटरसाईकललाई नियन्त्रणमा लिएर कारवाही गरेको बताए ।

मोरङ ट्राफिकले होलीको दिन मादकपदार्थ खाएर मोटरसाईकल कुदाएको आरोपमा नियन्त्रणमा लिएको ३० वटा मोटरसाईकल अझै प्रहरीको नियन्त्रणमा छ । आवश्यक कागजात बुझाउन नसकेका कारण प्रहरीले मोटरसाईकल छोडेको छैन ।