- चिरफार डटकम, विराटनगर १८६७ पटक हेरिएको
बुधबार, फाल्गुण २४, २०७९ समय : १४:५५:१४ , २ वर्ष अगाडि
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सभापति र सचिव पदमा चुनाब लड्ने घाषणा गरेको छ ।
अखिल (क्रान्तिकारी) को महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस ईकाइ कमिटिले बुधबार पत्रकार सम्मेलन गरेर सभापतिमा रोहित यादव (विकास) र सचिवमा आशिका लम्सालको उम्मेदवारी घाषणा गरेका छन् ।
२०७९ चैत्र ५ गते महेन्द्र मोरङ क्याम्पसमा स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनको कार्यतालिका सार्वजनिक गरिएको छ । स्थानिय तहदेखि प्रदेश र प्रतिनिधि सभाको निर्वाचनमा सत्ताघटक र प्रमुख प्रतिपक्ष दलहरुले चुनावी गठबन्ध गरेको थियो । तर स्वतन्त्र विद्यार्थी यूनियनको निर्वाचनमा अहिल्लेसम्म विद्यार्थी संगठनहरु बिच चुनावी तालमेल हुन सकेको छैन ।
नेकपा माओवादी केन्द्र निकट अखिल (क्रान्तिकारी) ले महेन्द्र मोरङ क्याम्पसमा एक्लै चुनाव लड्ने गरी सभापति र सचिव पदका उम्मेदवारको नाम सार्वजनिक गरेको छ । बाँकी पदहरुमा अन्य विद्यार्थी संगठनहरु संग तालमेल गर्ने कि न गर्ने विषय टुङ्ग्याएर उम्मेदवारको नाम सार्वजनिक गर्ने संगठनका केन्द्रिय सदस्य तथा महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पस ईकाइ कमिटि इन्चार्ज अभिमन्यू यादवले बताए ।
नेकपा माओवादी केन्द्रले पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) लाई विराटनगर स्थित महेन्द्र मोरङ आदर्श बहुमुखी क्याम्पसमा सान्दार जित निकाल्न पार्टीको तर्फबाट यूवा नेता देवा यादव र विद्यार्थी नेता अभिमन्यू यादवलाई कमाण्डर तोकेको छ ।