सामाजिक कार्यमा सुरानाले कायम गरे नयाँ रेकर्ड

  • चिरफार डटकम, विराटनगर २०८४  पटक हेरिएको

आइतबार, फाल्गुण २१, २०७९ समय : १७:१८:११ , २ वर्ष अगाडि

नेपालको पहिलो लायन्स क्लबका अध्यक्ष विजय सुरानाले सामाजिक कार्यमा नयाँ रेकर्ड कायम गरेको छ । लायन्स क्लब अफ विराटनगर सन् २०२२÷२०२३ का अध्यक्ष विजय सुरानाले ८ महिनाको अवधिमा ५० लाखभन्दा बढि रकम खर्चेर सामाजिक क्षेत्रमा १५१ वटा काम गरेका छन् । र बाँकी ४ महिनामा अझै ५० वटा भन्दा बढि सामाजिक काम गर्ने कार्यसूचि तयार पारेका छन् ।

लायन्स क्लब अफ विराटनगरका पूर्वअध्यक्ष तथा लायन्सका पूर्वडिष्टिक गवरनर फुलकुमार लालवानीले सन् १९७१ मा स्व. मातृकाप्रसाद कोइरालाले नेपालमा स्थापना गरेको पहिलो लायन्स क्बल हो । र लायन्स क्लब अफ विराटनगरका अध्यक्ष सुरानाले समाज परिवर्तनको हरेक क्षेत्रमा कृर्तिमानी रेकर्ड राख्ने गरी काम गरेको बताए ।

क्बलका अध्यक्ष सुरानाको पहलमा क्लबका संस्थापक सदस्य मुलचन्द राठी र किशनलाल दुगडले ५० लाख भन्दा बढि रकम खर्चेर निर्माण गरेको स्वर्ण जयन्ती सभाकक्ष भवनको मार्च २२ तारिकका दिन उद्घाटन गर्ने कार्यक्रम छ ।