गोल्छा निवासमा होली अलबेली बारातलाई भव्य स्वागत

  • ब्रह्ममदेव यादव, विराटनगर १०९२  पटक हेरिएको

शुक्रबार, फाल्गुण १९, २०७९ समय : २१:५८:४४ , २ वर्ष अगाडि

मारवाडी यूवा मञ्चले शुक्रबार साँझ विराटगनरमा निकालेको होली अलबेली बारातलाई गोल्छा निवासमा भव्य स्वागत गरिएको छ । कोभिड–१९ महामारीको कारण ३ बर्षदेखि स्थगित गरिएको होली अलबेली बारात यस बर्ष निकालिएको हो ।

होली अलबेली बारातमा सौंयोको संख्यामा विराटनगरबासीले सहभागिता जनाए । विराटगनरको ट्राफिक चोकस्थति मनिश बोहराको घरबाट निस्केको बारातलाई गोल्छा चोकस्थित गोल्छा निवासमा दिनेश गोल्छा, सुरेन्द्र गोल्छा र देवाशिस गोल्छाले भव्य स्वागत गरेका थिए ।

कोसी प्रदेश सरकारका मन्त्री भक्तिप्रसाद सिटौला, नेपाली कांग्रेसका केन्द्रीय सदस्य तथा कोसी प्रदेशका सांसद अमृत अर्याल र भीम पराजुली, कोसी प्रदेशका सांसद डोल्मा तामाङ, कांग्रेस नेता फुलकुमार लालवानी, कृष्ण कार्की, मोरङका प्रमुख जिल्ला अधिकारी तिर्थराज भट्टराई, सहायक प्रमुख जिल्ला अधिकारी शरद पोखरेल, मोरङका प्रहरी प्रमुख प्रहरी उपरिक्षक दिपक पोखरेल, मारवाडी यूवा मञ्च विराटनगरका अध्यक्ष जय शर्मा, निर्वतमान अध्यक्ष गोपाल अग्रवाल, उपाध्यक्ष तथा कार्यक्रम संयोजक पवन पंकज पारख, उपाध्यक्ष मोहित लालवानी, महासचिव मोहित अग्रवाल लगायत मञ्चका पूर्वअध्यक्ष र पदाधिकारीहरु बारातमा सहभागि थिए ।

 

५० भन्दा बढि कलाकार र सर्वसाधारणले भेष परिवर्तन गरेर विभिन्न भेषभुषामा बारातमा सहभागि थिए । मारवाडी यूवा मञ्च विराटनगरका सहसचिव अंकित मारु दुबईको सेख भेषभुषामा बारातमा सहभागि हुँदा होली अलबेली बारातको आर्कषण नै बढेको थियो । मारवाडी यूवा मञ्चको होली अलबेली बारातमा बेहुला बनेका उद्योग तथा समाजसेवी घनश्याम राठी र बेहुली बनेकी पियूस शर्मालाई गोल्छा निवासमा भव्य स्वागत गरिएको थियो ।

मोरङ व्यापार संघका अध्यक्ष नविन रिजाल, उद्योग संगठन मोरङका अध्यक्ष सुयश प्याकुरेल, उपाध्यक्ष नन्दकिशोर राठी, मोरङ व्यापार संघका पूर्वअध्यक्ष ताराचन्द खेतान, शंकरलाल अग्रवाल, सुरेशकुमार शर्मा, देवेन्द्रराज गढिया, नन्दकिशोर राठीसहित उद्योग व्यवसायी होली अलबेली बारातमा सहभागि थिए ।

मारवाडी यूवा मञ्च विराटनगरले शनिबार विराटनगरस्थित जैन भवनमा महामूर्ख सम्मेलन, फेशन शो र सामूहीक प्रसाद ग्रहणसहित सांस्कृतिक कार्यक्रम आयोजना गर्दैछ ।