- चिरफार डटकम, विराटनगर ८०२ पटक हेरिएको
बिहिबार, फाल्गुण १८, २०७९ समय : १६:५०:०५ , २ वर्ष अगाडि
नेपाली कांगे्रसका केन्द्रिय सदस्य तथा कोसी प्रदेशका सांसद अमृत अर्यालको जन्मदिन प्रदेशको नामाकरण भएको छ । २०७९ फागुन १७ गते अर्यालको ६०औं जन्म दिन प्रदेश नं. १ कोसी प्रदेशमा रुपान्तर भएको हो ।
नेपाली कांग्रेसका नेता कार्यकर्ता र इष्टमित्रहरु अर्यालको जन्मदिन मनाइरहेको बेला प्रदेशको नामाकरण भएको हो । र सोही दिन अर्यालको जन्म दिन सँगै प्रदेशवासिले प्रदेश नामाकरणको खुशियाली मनाएका छन् ।
प्रदेश वासीले कांग्रेस नेता अर्याल लक्षणवान र भाग्यमानी भएकोले वहाँकै जन्मदिन प्रदेशवासिले प्रदेशको नामाकरण पाएको विषयमा थप उत्साहित बनेको छ । अर्यालकै जन्मदिन दोस्रो प्रदेश सभाको बैठकबाट प्रदेशको नामाकरण भएकोले अर्याललाई यही प्रदेश सभाको ५ बर्षे कार्यकालमा मुख्यमन्त्री बनाउनुपर्ने आवाज उठ्न थालेको छ ।
२ पटक मोरङ कांग्रेसको सभापति, २ पल्ट नेपाली कांग्रेसको केन्द्रिय सदस्य र २ पटक सांसद अर्याल जनतामाँझ लोकप्रिय मानिन्छ र अर्याललाई मुख्यमन्त्री बनाउनुपर्ने लबिङ सुरु भएको छ ।